• राजकुमार यादव

    रौतहट न्यूज़// रौतहटको मौलापुर नगरपालिका वडा ८ सोनरनियाँमा विहिबार राती नरायण राय यादवको घरमा आगलगी भएको छ । अचानक घरमा आग लागेको अवस्थामा घर मालिक यादवले सोही घरमा सुतेको थियो तर अचानक घरमा आग लागेको स्रोत हाल सम्म खुल्लेको छैन । खपडाको घर पूर्ण रुपले जलेर नष्ट भएको छ ।

    आगलगीमा परी एक दर्जन जति पशु चौपया जलेको प्रहरीले जनाएको छ । राती १ बजेको करिबमा भएको आगलगीमा परी भैसी एक ओटा , भैसीको बछेडु एक ओटा , बाख्रा एक ओटा र खशी दुई वटा जलेको मौलापुर ईलाका प्रहरीले वताए ।

    यस्तै घरमा रहेको धान, चामल, कपडालता पनि जलेर नष्ट भएको पिडितले वताएका छन । आगलगीमा परी करिब ८ लाख ५० हजार बराबारको क्षति भएको प्रहरीले जनाएको छ ।