• लक्ष्मण यादव / रौतहट न्युज

    सर्लाही : बागमती नगरपालिका अन्तर्गत नेमी चौक स्थित क्रेनको ठक्करबाट एक छात्राको मृत्यु भएको छ ।

    आज विहिबार बागमती नगरपालिका-७ राजघाट अन्तर्गत नेमी चाेक नजिक क्रेनकाे ठक्करबाट स्थानीय २० वर्षीया छात्राकाे मृत्यु भएकाे हाे । घरबाट नव जन जागरण उच्च मा.वि. बागमती ८ शंकरपुरमा अध्ययनका लागि साईकलमा उत्तरतर्फ जाँदै गरेकी स्थानीय रविलाल परियारकी छाेरी सुमित्रा परियारलाई विपरित दिशाबाट आईरहेकाे क्रेनले ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । विद्युत पाेल बाेक्ने, गाड्ने, उखेल्ने लगायत विभिन्न काममा प्रयाेग हुने क्रेनकाे ठक्करबाट सुमित्राकाे घटनास्थलमै मृत्यु भएकाे छ ।

    क्रेनमा रहेका चालक सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएकाे छ । आक्राेशित बिद्यार्थीहरु क्रेनमा आगजनी गरेका छन् भने चार जना प्रहरीलाई समेत घाइते बनाएका छन।