–राजकुमार यादव
रौतहट न्यूज़// मौलापुर ईलाका प्रहरी कार्यालयका अस्थाई ट्राफिक प्रहरी पोष्ट मौलापुरले केही दिन यता देखी यहाँका सवारी साधन छड्के चेकजाँच अभियान थालेका छन् । सो चेकजाच अभियान लाई कडाई गरिएको छ । यहाँका सवारी साधन दुरूस्त अवस्थमा राख्न तथा चोरीका मोटर साईकल भित्रिन नदिन ब्यापक रूपमा कडाईका साथ चेकजाच अभियान थालिएको अवस्थाई ट्राफिक प्रहरी पोष्ट मौलापुरका ट्राफिक असई राम लला राउत र ट्राफिक हवलदार मनोज साहले बताउनुभयो ।

मौलापुर अस्थाई ट्राफिक प्रहरी तथा ईलाका प्रहरी मौलापुरको संयुक्त प्रहरी टोलीले यहाँका जयनगर देखि कलैया जाने खण्ड मौलापुर र सोनरनियाँका नाँकामा छड्के चेकिङ गर्न थालेका छन् । छड्के चेकिङ् गर्ने क्रममा आज आईबारको दिन २० भन्दा बढी मोरसाईकल र अन्य सवारी साधन कारवाहीमा परेको छ। ट्राफिक प्रहरीले छड्के चेकिङमा गाडीका बत्तिहरू लगायत अन्य चिज दुरूस्त अवस्थामा भए नभएका बारे हेर्ने तथा गाडीका कागजात ठिक अवस्थामा भए नभएका बारे पनि हेर्ने भएकाले अहिले यहाँका सवारी धनीले धमाधम रूपमा आ आफना सवारी साधन दुरूस्त अवस्थामा राख्न थालेको मौलापुर स्थानिय मदन साह र अनुठा साहले बताउनुभयो ।

उहाँले भन्नुभयो “पहिला खासै चेकिङ हुदैन थियो त्यसैले गाडीमालीकले पनि गाडीको अबस्थाको खासै ख्याल गर्दैन थे,अब कडाई हुन थालेपछि दुररूस्त अबस्थका बनाउन थालेका छन् ।”
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।