• -राजकुमार यादव

    रौतहट न्यूज़// नेकपा एमाले स्थायी कमिटी सदस्य तथा पुर्व मन्त्री प्रभु साह र मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साहले संयुक्त रुपमा प्रेस चाैतारी नेपाल राैतहट शाखाको कार्यालय उद्घाटन गर्नु भएको छ ।

    मौलापुर वजार स्थित राष्ट्रिय वाणिज्य बैंकको माथिलो तल्लामा प्रेस चौतारी नेपाल रौतहट शाखाको कार्यालय उद्घाटन गर्ने क्रममा बोल्दै पुर्व मंत्री साहले सूचना प्रविधिको विकासले फड्को मारे संगै पत्रकारिता क्षेत्र सहज हुँदै गएको बताउनु भयो ।

    विसं २०५६ साल मंसिर महिनामा पत्रकार शैलेन्द्र गुप्ता लगायत फनी महत र उत्तम अध्यायको अध्यक्षतामा प्रेस चौतारी नेपाल रौतहट शाखाको पहिलो तदर्थ समिति गठन भएको हो । त्यसबेला मुलुकमा माओवादी विद्रोही र तत्कालीन राज्यबीच भीषण युद्ध चर्किएको थियो । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको दृष्टिकोण नेपाली वामपन्थी पक्षधरहरुको अनुकुल थिएन । एकातिर मुलुक नै पत्रकारहरुका लागि एक खुल्ला कैदको रुपमा रहेको थियो भने अर्काेतिर नेपाली स्वतन्त्र प्रेस राज्य र माओवादी दुवै पक्षको चपेटामा परेको थियो । विषम परिस्थितिका बाबजुद पनि प्रगतिशील पक्षधर पत्रकारहरुले पेशागत हक, हित, मर्यादा र वृत्ति विकासको लागि एकजुट भई आफ्नै एउटा पृथक संगठन प्रेस चौतारी नेपालको गठन गरेका थिए । हाल प्रेस चौतारी रौतहट शाखामा २४ सदस्य रहेको छ। प्रेस चौतारी नेपालका रौतहट अध्यक्ष उत्तम उपाध्यय, सचिव मुकेश साह, नन्दभुषण श्रीवास्तव,अशोक पहाडी लगायत प्रेस चौतारी रौतहटका पत्रकार तथा विभिन्न मिडियामा अवध रहेका पत्रकार वीच प्रेस चौतारी नेपाल रौतहट सदस्य राजकुमार यादवलाई रौतहट शाखा मौलापुरको जिम्मेवारी दिएको हो।

    पूर्व मंत्री साहले कार्यक्रम वीच पत्रकारहरू संग कुरा गर्दै समाचार लेख्दा विषयवस्तुको गाम्भिर्यता बुझी सत्य र तथ्यपूरक सूचना सम्प्रेषणमा मात्र जोड दिनुपर्ने बताउनुभयो।यसले पत्रकारको क्षमता अभिवृद्धि हुने र समग्रमा पत्रकारिता जगतको नै विश्वसनियता एवं प्रभावकारिता बढ्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा बिभिन्न संघठन परित्याग गरी पर्सा जिल्लाका चार्चित पत्रकार मृतुल्लाह र देवेन्द्र यादव तथा मधेशा जनअवाज़ एफ.एमका समाचार वाचक रमेश कुमार यादवले प्रेस चौतारी नेपाल रौतहट शाखामा प्रवेश गरेका हुन्। पूर्व मंत्री प्रभु साह र रौतहट शाखा अध्यक्ष उत्तम उपाध्यायले नवप्रवेशी पत्रकार हरूलाई टीका लगाई सम्मान गरेका छन।

    आज शुक्रबारको दिन मौलापुर नगरपालिका स्थित प्रेस चौतारी रौतहट शाखाको उद्घाटन गर्ने क्रममा पुर्व मंत्री प्रभु साहले कार्यक्रम बीच सत्य,तथ्य र निष्पक्ष समाचार प्रशारण गर्ने प्रेस चौतारी रौतहट शाखामा अवध रहेका पत्रकारहरू संग आग्रह गरेको छ। केही मिडियाहरूले सत्यलाई सत्य न बताई झुठा समाचार सम्प्रेशन गरेको हो त्यस्ता मिडियाको भ्रमक समाचारलाई प्रस्त गरी सत्य तथ्य समाचार प्रशारण गर्ने साहले प्रेस चौतारी संग अपेक्षा राखेको बताए। मौलापुर नगर भित्र ५६३ ई.पु. मा जन्मेका भगवान गौतम बुद्धको पालामा रहेको विभिन्न अवशेष हाल पतौरमा भेटेको पनि उल्लेख गरे। नगरको पतौरामा प्रत्येक वर्ष मधानी महा यज्ञ हुदै आएका यज्ञ यस वर्ष फागुन १७ गते हुन गई रहेको पूर्व मंत्री साहले बताए।