• -राजकुमार यादव

    रौतहट न्यूज़// जनयुद्ध दिवसको अवसरमा रौतहटको फतुवा विजयपुर नगरपालिका वाड ९ विजयपुरमा शहिद मनरूप महतो स्मृति भवन उद्धघाटन गरिएको छ।

    पुर्व मंत्री एंव नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साहले सो भवनका उद्धघाटन गरेका हुन्। सो भवनको प्रागानमा आयोजित एक कार्यक्रमका बीच एमाले नेता साहले सो भवनको उद्धघाटन गरेका हुन्। माओवादी जनयुद्धको क्रममा सहादत प्राप्त गरेका तत्कालिन माऔबादीका विर सहिद मनरूप महतोको समझनामा पूर्व मंत्री साहले उनकै नामले शहिद मनरूप महतो स्मृति भवन निर्माण गरी उद्धघाटन गरेका हुन्।

    २०५७ सालमा भएको जनयुद्धमा हाल फतुवा विजयपुर नगरपालिका वाडा न. ११ निवासी एंव फतुवा विजयपुर नगरपालिकाको उपप्रमुख कान्ति देवी महतोको श्रीमान मनरूप महतो शहिद भएका थिए। एमाले नेता प्रभु साहले उद्धघाटन गरे संगै आजै देखी सो भवन सञ्चालनमा आएको छ।
    करोडौंको लागतमा २८ ओटा भन्दा बढी कोठाभएको दुई तल्ले भवन संचालनमा आएको छ।आज देखी सुचारू भएको भवन सर्वसधारणको विवाह व्रतबन्ध आदि कार्यको लागि प्रयोग गरिने छ। यस भवनको उद्धघाटन गर्नु भन्दा अघि पूर्व मंत्री साहले सोही नगरपालिकाको भैसहीमा शहिद मनरूप स्मृति पार्कको आजै उद्धघाटन गरेका थिए। सो क्रममा नेता साहले ५१ जाना जनयुद्धको शहिदका परिवारलाई नगद सहित दोसाला ओढ़ाए र सम्मान गरेका हुन्।

    पूर्व मंत्री प्रभु साहको प्रमुख अतिथ्य तथा फतुवा विजयपुर नगरपालिका नगर उपप्रमुम कान्ति देवी महतोको अध्यक्षतामा भएको भवन उद्धघाटन समहारोमा एमाले पार्टीका केन्द्रिय सदस्य कुन्दन कुशवाह, एमालेका जिल्ला अध्यक्ष अमर साह, जिल्ला इन्चार्ज उपेन्द्र साह, एमाले पार्टीको नगर अध्यक्ष फतुवा विजयपुर अध्यक्ष विजय यादव निर्विज, मौलापुर नगर प्रमुख रिना कुमारी साह , कटहरिया नगर प्रमुख सियाराम कुशवाहा, माधवनरायण नगर उपप्रमुख सिमल साह, देवाही गोनाही नगर उपप्रमुख प्रनिया देवी पटेल र एमाले नेता श्री भगवान पटेल लगायत एमाले पार्टीका नेता तथा कार्यकर्ता समेतको उपस्तिति रहेको थियो।