• ललन यादब

    रौतहट न्यूज़// रास्ट्रिय दलित नेटवर्क काे आयाेजना तथा द फ्रिडम फण्ड काे सहयाेग र रास्ट्रिय हऊवा चरूवा अधिकार मंन्च काे सहकार्यमा आज राैतहट जिल्लाकाे गरूडामा प्रथम जिल्ला भेला सम्पन्न भएकाे छ।

    गरूडा नगरपालिका का उपनगरप्रमुख रंगिला देवी जैसवालकाे प्रमुख आतिथमा सम्पन्न भेला मा बाेल्दै उपप्रमुख जैसवाल हरूवाचरूवाकाे हक अधिकार का लागि आफु सक दाे चाैतफी सहयाेग गर्ने , र समाजमा भइरहेकाे दलित माथि छुवाछुत अन्त्य गर्न सरकार ले भने पनि समाजमा लागू हुननसकेकाे र यसलाई हामीहरू सबैमिलेर छुवाछूत अन्त्य गर्दा मात्र छुवाछूत अन्त्य हुने । र समाजमा दलितकाे हक अधिकार काे प्रत्याभुति हुने बताइन्। कार्यक्रममा बाल्दै उपप्रमुख आफू पहिला देख नै दलित, पिछडा वर्ग समुदाय लाई सहयाेग गर्दे आइरहेकाे र अगामी दिनमा पनि आफू सकदाे सहयाेग गर्ने बताएकी छीन् ।

    कार्यक्रममा हरूवाचरूवा अधिकार मंचका बारा,पर्सा,सर्लाही महाेत्तरी सिरहा लगएतका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे । हरूवाचरूवा अधिकार मंन्च राैतहटका सहजकर्ता सुवा साहेव पासवान ले उदघाेष गर्नु भएकाे कार्यक्रम मा बिगनेश पासवान को अध्यक्षतामा १५सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ।उक्त समिति को उपाध्यक्षमा खुश्बु कुमारी पासवान, कोषाध्यक्ष मा शान्ति देबी राम सचिव मा उपेन्द्र शाह लगायत का १५ सदस्यीय समिति गठन गरिएको छन् ।