• ललन यादब

    रौतहट न्यूज़// माधवनारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र यादवले अफ्नो मानोपरी ढङ्गले आफ्नै नजिकको नातागोताका आफ्नै गाउँको दाईभाई लाई अहेब सरहका स्वास्थ्य कर्मचारी लाई अधिकृत बनाईएकोमा आज माधबनारायण नगरपालिकामा नेपाली कांग्रेस,माओबादी र एमालेका नेता तथा कार्यकर्ताहरु नगरपालिका कार्यालयमा विभिन्न नारा लगाउदै नपा कार्यालय धेराउ गरेको छ ।

    उपसचिव सरह पदमा रहेका जियालाल यादवलाई माधवनरायण नगरपालिकाको अधिकृत पदमा नगर प्रमुख यादवको स्वामितवमा दरबन्दी गरे पछि विवाद चरकेको हो। यस नगरपालिकाको पुर्व अधिकृत प्रलब कायश्थ लाई सरुवा गराई आफ्नो मनपरि जसपा पार्टीको केन्द्रीय सदस्य चुल्हाई यादवको नातागोतालाई अहेब पोष्टमा कार्यरत यादबलाई निमित्त प्रशाकिय अधिकृत बनाईएको भन्दै विभिन्न राजनीति दल तथा स्थानीयहरु ले बिरोध गरेको छ।

    बजेट हिना मिना गर्नको लागि ,आफ्नो मनपरि गर्न को लागि र नगरपालिका को अफिस आफ्नो गाँउमा लैजानको लागी मेयर ले विभिन्न हकन्डा अपनाउदै आफ्नो नाता को भाई लाई अधिकृत बनाएको स्थानीयको अरोप रहेको छ। ४ साल बितिसक्दा पनि मेयर यादवले अहिलेसम्म नपा कार्यालयको लागि जग्गा खरिद गर्न सकेको छैन ।स्थानीय नेता कार्यकर्ता ले बारम्बार जग्गा खरिद गरि नपा को आफ्नो जग्गामा कार्यालय राख्नको लागि भन्दाभन्दै पनि मेयरले आफ्नो मनपरि गरिरहेको स्थानीय युवा नेता जयप्रकाश पडितले बताए। मेयर यादब ले गरेको करोडौंको भर्ष्टचार लुकाउने उदेश्य ले आफ्नो गाउँ को नातेदारलाई अधिकृत बनाएको आरोप छ। यसको बिरोधमा भोलि देखि चरणबद्ध आन्दोलन गर्ने स्थानीय र विभिन्न नेताले धोषणा गरेको छन्।