• राजकुमार यादव

    रौतहट न्यूज़// मौलापुर नगरपालिका वाडा ७ पथरा बुधराम स्थित नन्हकार पथरा टोलाका यूवा सञ्चारकर्मी मनमोही मिडिया प्रा.लि. का सञ्चालक मनोज मुखियाले विगत समय देखी विभिन्न किसिमको राहत वितरण कार्यक्रम जारी राखेको छ। धेरै जसो सुविधा दिदै आएका सञ्चारकर्मी मुखियाले आज कार्तिक १५ गते आफ्नै टोलमा १०० भन्दा छठ ब्रतालुहरुलाई साडी वितरण गरेका छन्।

    समाजमा दैनिय अवस्था भएका व्यक्तिहरूलाई सेवा गर्ने उदेश्यले बिपिन्न एकल महिला एवं आवस्यक छठ व्रतालुहरु लाई साड़ी वितरण गरिएको सञ्चारकर्मी मुखियाले बताए । मलेसियाका विभिन्न समुहबाट प्राप्त गरी कोभिड-१९ कोरोना भाइरस महामारीको समयमा युवा सञ्चारकर्मी चामल,नुन, तोरीको तेल र खाद्य समाग्री वितरण गरेको थियो। तर हिन्दुहरूको महान पर्व छठको अवसरमा निजि लगतबाट अन्दाजी ७० हजार सम्मको साड़ी छठ व्रतलुहरूलाई वितरण गरेको संचारकर्मी मुखियाले बाताउनु भयो।

    छठ पर्व को तेस्रो दिन मुख्य सुर्य देवलाई अराग दिने बेला नया लुगा लगाउने चलन र विश्वास रहेकोले बिपन परिवारमा आर्थिक आभाव को प्रभावमा पर्व मनाउन कुनै किसिमको बाधा न पुगोस भने उदेश्य साथ वितरण गरिएको बताए । साथै सञ्चारकर्मी मुखियाले छठको शुभकामना दिदै माता छठीले सबको कल्याण गरुन जग को कल्याण गरुन र विश्व महामारी बाट सबैलाई रक्षा गरुन भने कामना गर्दै सुरक्षित रुपले पर्व मनाउन अनुरोध गर्नु भएको थियो ।