• लक्ष्मण यादव,सर्लाही

    कार्त्तिक १० गते ,बुधबार । सर्लाही जिल्लाको सुन्दरपुर चुहड़वा-२ हाल बरहथवा नगरपालिका-१५ मा अवस्थित एक आधारभूत विद्यालयमा पठनपाठन ठप्प पारि विद्यालयका शिक्षकहरु द्वारा राजनीतिज्ञहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।


    सर्लाही जिल्लाको बरहथवा नगरपालिकाका नगर प्रमुख र उपनगर प्रमुखलाई श्री अधारभुत बिधालय सुन्दरपुर चुहड़वाको पठनपाठन ठप्प पारि सम्मान गरिएको पाईएको हो । बरहथवा नगरपालिकाका शिक्षकहरुको तलबमान क्रमश:- रू १५ हजार,रू १६ हजार र रू २० हजार कायम गरि कार्यनवयन गरिदिईएको उपलक्ष्यमा श्री अधारभुत बिधालय सुन्दरपुर चुहड़वाका शिक्षकहरुद्वारा विद्यालय अध्ययनरत विद्यार्थीहरुको भविष्यसंग खेलवाड गरि पठनपाठनको समयमा दिउसो ११ बजे देखि ४ बजे सम्म भोजभतेर तथा बरहथवा नगरपालिकाका मेयर र उपमेयरलाई सम्मान गर्ने कार्यक्रम गरेको देखिएको हो ।

    कोरोना कहरको कारण महिनौपछि संचालनमा आएको विद्यालयमा राजनीतिक कार्यक्रम हुनु भनेको चिन्तनको विषय रहेको स्थानीयहरुको गुनासो छ ।