• -राजकुमार यादव

    रौतहट न्यूज़// बारा जिल्लाको बेलहियामा शनीबार आयोजित शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा पूर्वमन्त्री प्रभु साहलाई हेर्न जनसागर उर्लिएको हो। हिन्दूहरुको महान पर्व शुभदीपावली तथा छठ पर्वको अवसरमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका स्थित नारिवास र प्रसौनी गाउँपालिका बेलहयामा भएको अन्तरक्रिया कार्यक्रममा नगरवासीको भिड लागेको थियो।

    सिम्रौनगढ नगरपालिकाका जनताले बाराको क्षेत्र नं १ बाट चुनाव लडन पूर्व मंत्री साह संग आग्रह गरेका छन्। बाराका क्षेत्र १ को जनता बिकासबाट बंचित रहेको भन्दै नगरको समाजसेवी तथा युवाहरूले बिकाशको लागि नेता साहलाई रोजनु पर्छ बताए। प्रत्येक साल प्रदेश दुईमा ४० अर्ब बजेट आईरहेको नेता साहले स्पष्ट पारेको छ। प्रदेश २ सरकारले विकास निर्माण गर्न नसकेको प्रत्येक सालको बजेटमा चरम भ्रष्टचार भएको आरोप लगाउनु भयो।

    हाल प्रहरीले मान्छे सहित तस्करीको मालसामान पक्राउ गर्दा पुरस्कार स्वरुप ३० देखि ४५ प्रतिशतसम्म कमिसन पाइरहेको बताउँदै नेता साहले प्रहरीले पाउने यस्तो किसिमको कमिसनको व्यवस्था नै हटाउनुपर्ने धारणा राखे । कमिसन पाउने लोभमा यहाँका प्रहरीले जबरजस्ती तस्करीको सामान भनी पक्राउ गरी गरिव नागरिकलाई दुःख दिने गरेको नेता साहले बताए । आफना दैनिकी चलाउन भारतीय बजारबाट किराना, कपडा, मलखाद लगायतका सामान खरिद गरी ल्याउँदा बोर्डरमा नेपाली सुरक्षाकर्मीले अवैध सामान भनी पक्राउ गरी अनावश्यक दु:ख दिने गरेको काम स्वीकार्य नभएको उनले बताए ।

    सो कार्यक्रममा उपास्तित नि. वर्तमान प्रदेश संसद कुन्दन कुशवाहा, कटहरिया नगरपालिकाको नगर प्रमुख सियाराम कुशवाहा, यूवा नेता राजन यादव,त्रिभुवन साह, आई.टी. आर्मी राष्ट्रिय संयोजक चन्द्रभुषण साह र प्रवाक्ता विजय यादव निर्विज लगायतका वक्तहरुले आई.टी.आर्मीलाई बलियो बनाउन एकता सहकार्य ,समन्वय , आपसी सदभाव कायम गर्नु पर्ने जोड़ दिए ।