
ललन यादब
रौतहट न्यूज़// रौतहट जिल्ला को माधवनारायण नपा,वार्ड न,५ मिठुअबा मा नेपाल दलित मुक्ति अभियान को सम्पन्न भेला बाट ३५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ।

अभियान का केन्द्रीय सदस्य राम उदित राम को प्रमुख आतिथ्य तथा नेकपा का जुझारु युवा नेता तथा रौतहट क्षेत्र न,१ ख को बिधान सभा प्रत्यासि उपेन्द्र शाह र माधव नरायण न.पा. ३ का वाडाध्यक्ष राजकुमार यादवको बिशिस्ट आतिथ्य ,र अभियान को जिल्ला सयोजक सुब्बा साहेब पासवान को सभापतित्वमा सम्पन्न कार्यक्रम बाट अभियान को जिल्ला अध्यक्षता मा बिगनेश पासवान ,बरिस्ठ ,उपाध्यक्षमा शम्भु हजारि ,उपाध्यक्ष मा बृजकिशोर राम लगायत ३५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ।

कार्यक्रम मा बोल्दै नेकपा नेता उपेन्द्र शाह ले दलितहरु को माथि भईरेको विभेद ,दलित को समस्या र समाधान को साथै दलित एकरुपता को बारे मा बताउनु भएको छ। कार्यक्रम मा अभियान का विभिन्न केन्द्रीय नेता हरु ले आफ्नो मन्तबय राखनु भएको थियोे ।कार्यक्रम मा नेपाल नाई ट्रेडयुनियन को जिल्ला अध्यक्ष भूषण ठाकुर ,को उपस्थिति रहेको थियोे ।रामपृत पंडित ले उदघोषण गरनु भएको कार्यक्रममा जिल्ला भरि को दलित समुदायहरु को उपस्थिति रहेको थियोे ।।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।