• काठमाडाैं । पटक पटक संबिधान माथी गलत ढंगले देशलाई संकटको स्थितिमा पुर्याउन खोजिएको भन्दै चार पार्टीले सयुंक्त प्रेस बिज्ञप्ती जारी गरेका छन् । करिब एक शताब्दी लामो संघर्स र हजारौंको बलिदाली बाट प्राप्त संबिधानको रक्षा हुनुपर्ने बताएका छन् । उल्लङ्घन हुन खोजेको तथ्य स्वीकार नहुने यसप्रति सबैको चासो हुनुपर्नेमा जोड दिदैं बिज्ञप्ती जारी गरेका हुन् ।

    अल्पमतमा परिसकेको स्वीकार प्रधानमन्त्रीले पुनः राष्ट्रपति सँग साँठगाँठ गरि जेठ ७ गते मध्यरातमा षडयन्त्र मुलक ढंगले संबिधानमा भएको व्यबस्थाको धज्जी उडाउन खोजेको र यसमा प्रतिगमनका बिरुद्द हामी जस्तोसुकै मूल्य चुकाउन तयारी रहेको बिज्ञप्ती मा उल्लेख रहेको छ ।हामी संकटको यस घडिमा जनसमुदायको जीवन रक्षाको लागि निरन्तर जुट्नुहुन सम्पुर्ण पार्टी पंतिमा अपिल गर्दै राष्ट्रपति र प्रधानमन्त्री आलीको असंवैधानिक , अराजनैतिक , अनैतिक र जनविरोधी क्रियाकलापको घोर निन्दा र भत्र्सना गर्दै २१ औं शताब्दीका स्वाभिमानी चेतनशिल जनताको अग्रगामी चेतनाको अगाडि लेण्डुपपथमा लैजान खाजेको प्रतिगमन परास्त भई छाड्ने विश्वास गर्दै जनताको जित हुने कुरामा एक ढिक्का भएको बताएका छन् ।

    साथै नेपाली कांग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कंडेल , माओवादी केन्द्रका सुदर्शन वराल नेकपा एमाले प्रदेश कार्यालय सचिब खेम लुइटेल , जसपा लुम्बिनी प्रदेश अध्यक्षअशोक यादव र राष्ट्रिय जनमोर्चाका बद्रे आलम ले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।जस्को जानकारी लुम्बिनी प्रदेश जसपाका प्रवक्ता अकरम पठान ले दिए