• समाजिक सञ्जाल-अनिल कुमार गुप्ता (बारा)

    रौतहट न्यूज़// बारामा दुई नबालकको घाटी रेती हत्या गर्ने व्यक्ति कलैया उपमहानगरपालिका वडा नं. ७ रंगपुर टोलमा बस्ने अब्दुल रहिम मियाँको २५ बर्षिया कान्छो छोरा फरमुल्लाह अंसारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    मिति २०७८जेष्ठ ३ गते साँझ अं.१९ः०० बजेदेखी हराई बेपता भएका जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं.७ रंगपुर टोल बस्ने अब्दुल गफार अंसारीको जेठो छोरा वर्ष ९ को अमान अंसरी र कान्छो छोरा वर्ष ७ को उसमान अंसारीको खोजतलास गर्ने क्रममा मिति २०७८ जेष्ठ ४ गते बिहान अं.०८ः०० बजे सोही उपमहानरपालिका वडा नं.११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधिन भवनको कोठामा अज्ञात व्यक्तिले निर्मम हत्या गरी मारेको अवस्थामा मृतकहरूको लाश जिल्ला प्रहरी बाराले फेला परेको प्रहरी नायाब निरिक्षक गौतम मिश्रले जानकारी गराउनु भयो।
    घटना पश्चात प्रारम्भिक अनुसन्धानको मृतकहरूको लास फेला परेको सूचना प्राप्त हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालय बाराका कार्यालय प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीको कमाण्डमा प्रहरी नायब उपरिक्षक मिश्रको टोली घटनास्थलमा खटी गई घटनास्थलको अवलोकन गर्दा निज बालकहरूको धारिलो हतियारले घाटी रेटी हत्या गरेको देखिएकोले घटनास्थललाई सुरक्षित राखी तालिम प्राप्त कुकुर सहितको विशेषज्ञ प्रहरी टोली झिकाई घटनास्थलको सुक्ष्म अवलोकन गरिनुका साथै घटना अनुसन्धानको लागि प्र.ना.उ. मिश्रको कमाण्डमा ९ सदस्य अनुसन्धान टोली गठन गरिएको थियो।
    घटनाको थप अनुसन्धानको लागि प्रदेश नं. दुई प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटी आएको टोली तथा प्र.ना.उ. मिश्रको कमाण्डमा ९ सदस्य अनुसन्धान टोलीेले संयुक्त रूपमा सुक्ष्म अनुसन्धान गरि वारदात सम्बन्धमा घटना भएको ठाउँसंग जोडिएका गाउँहरुको विभिन्न ५० जना व्यक्तिहरूसँग अनुसन्धानको कार्य शुरु गरी बिभिन्न प्रविधिको प्रयोग गरी तथा अनुसन्धानको क्रममा पोलीग्राफ समेतको प्रयोग गरिएको प्रहरी उपरिक्षक शाहीले जानकारी गराउनु भयो ।अनुसंधानका क्रममाखुल्न आएका आश्चकुरार्हयजनक कुराहरुले सामाजमा थप नयाँ बिकृती ल्याये जस्तो देखिन्छ।

    मृतकहरूकी आमा, एक दिदि र एक बहिनी गरी परिवारमा ५ जना मात्रै छुटै घरमा बस्ने गरेको। मृतकहरूको बाबु अब्दुल गफार अंसारी बिगत ३ वर्षदेखि बैदेशिक रोजगारको शिलशिलामा कतारमा रहेको तथा सोही गाउँमा बस्ने अभियुक्त अन्सारीले मौका छोपी मृतकहरूको आमासंग नजदिकी बडाई सहयोग आदन प्रदान हुदै गर्दा अभियुक्त र मृतकहरूको आमा बिच घनिष्टटा र हिमचिम बढेको खुल्न आएको हो । घटना वारदात बारे गाउँमा बुझ्दा अभियुक्तले मृतकहरूलाई केही समयदेखि मिठाई किनिदिने, घुमाउन लैजाने गरेको तथा मृतकहरू समेत निजको साथमा निजले भने अनुसारको ठाउँमा जाने गरेको खुल्न आएको हो ।

    आफ्नै आमा र अभियुक्त बिचको सम्बन्धको बिषयमा मृतक बच्चाहरूलाई थाहा भएको र यो सालको ईदमा आफ्नो बुवा आउदा सबै कुरा भनी दिन्छु भनी मृतकहरूले भन्ने गरेको र आफ्नो र मृतकहरूको आमा बिचको सम्बन्धको बिषयमा भेद खुल्ने डर समेत भएको तथा मृतकहरूको आमासँग लिएको ऋणको रकम समेत हाल सम्म फिर्ता नगरेको अभियुक्तले स्विकार्य गरेको । यती मात्र नभई श्रीमान घरमा नभएको अवस्थामा अभियुक्तले भाउजु नातामा पर्ने मृतकहरूको आमासँग छोराहरूलाई घरमा नै छाडी छोरीहरूलाई मात्र साथमा लिई भारततिर भागी गई बसौं भनी बारम्बार दवाब दिदै आईरहेको र मृतकहरूको आमाले छोराहरूलाई छाडन नमानेकोले सोको लागि मृतकहरू बाधक भएको तथा मृतकहरूकी आमा बिचको सम्बन्ध कामयावी हुन नसक्ने भएकाले तेरो दुबै छोरालाई मार दिन्छु भन्ने धम्की समेत मृतकका आमालाई दिएको कुरा पनि खुल्न आएको हो । घटना वारदातको दिन मृतकहरूको आमाको माईतीमा भाइ नाता पर्ने व्यक्तिको मृत्यु भएको हुँदा दाहसंस्कार कार्यमा सरिक हुन मृतहरूको आमा माइती तर्फ गएकी र घरमा बच्चाहरू मात्र भएको मौका छोपी अभियुक्तले साँझ पख बच्चाहरूलाई लोभ लालचमा पारी एकान्त स्थलमा बोलाई हत्या ती दुई नाबालकको घाटी रेती हत्या गरी छाडी भागेको थियो ।

    बिहान ०४ः४१ बजे अतालिदै कलैया बजार चोकमा असामान्य तरिकाले हिडडुल गरेको सि.सि क्यामरामा कैद भएको बिहान बच्चाहरूको शवहरू फेला परे पछी अभियुक्त अंसारी समेत घटनास्थलमा पुगेको तर तालिम प्राप्त कुकुर आउदै छ भन्ने थाहा पाए पछी सो स्थानबाट भागी फरार भएको थियो । निज अभियुक्त अंसारीलाई खोजतलास गर्नका लागी निजको घरकोठामा जादा शंकास्पद रूपमा रहेको चक्कु र रगत जस्तो पदार्थ लागेको निजले लगाउने गरेको कम्मर पेटी (बेल्ट) समेत बरामद गरि निज उपर परेको किटानी जाहेरी दर्ता गरी थप अनुसन्धान समेत भइरहेको ,जिल्ला प्रहरी कार्यालय बारा,कलैयाका प्रहरी प्रवक्ता प्र.ना.उ. गौतम मिश्र जानकारी गराएका छन् ।