• राजकुमार यादव

    २ बैशाख/ विद्युत चुहावटमा रौतहट अग्रपंक्तिमा रहेको भन्दै व्यापक आलोचना भएपछि विद्युत प्राधिकरण शाखा मौलापुर रौतहटले जिल्लाका बिभिन्न ठाउँमा चेकजाच सुरु गरेको छ । यसरी केही दिन यतामात्र शुरु भएको यो नियमित चेकजाँचले गर्दा विद्युत चुहावटमा कमी आएको छ ।

    हाल ४७ प्रतिशत बिद्युत चुहावट रहेको रौतहटमा हुकिङ्ग गरेर विद्युत चोरी गर्नेहरुलाई पक्राउ गरी जरिवाना असुल गर्ने काम शुरु भएको छ ।

    विद्युत प्राधिकरणले पहिलो चरणमा विद्युत चोरी नगर्न प्रचार प्रसार गरेको र दोश्रो चरणमा अटेर गरेर विद्युत चोर्नेहरुलाई प्रहरीको सहयातामा पक्राउ गरी नगद जरिवाना असुल गर्ने गरेको विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख शाक्ति साहले बताए ।

    विद्युत चुहावटमा अग्रपंक्तिमा रहेर आलोचना खेपिरहेको प्राधिकरणले तिन महिनामा विद्युत चुहाबाट १२ प्रतिशतले घटाएको छ ।

    प्राधिकरणका कर्मचारीहरु प्रहरी र स्थानीय प्रशासनको सहयोगमा  जिल्लाको देवाही गोनाही,कर्कच,कटहरीया,झौवा, हर्षहा,भसेडवा, फतुवा विजयपुर र संन्तपुर लगायतका विभिन्न स्थानहरुबाट विद्युत चोरी गरी मटर लचाउने हाप्प केबी,एक केबी,दुई केबी र मिटरको सिल खोली सिधै चोरी गरेर बेल्डिङ्ग गरीरहेको बेल्डिङ्ग गर्ने मसिन सन्तपुरबाट पक्राउ परेको हो। हाप्प केबी ९ थान,एक केबी ८ थान र दुई केबी १ थान गरी जम्मा १८ थान विधुतय मटर पक्राउ परेका छन्।

    देशका विभिन्न स्थानका सहरहरु लोडसेडिङ्ग मुक्त घोषणा भइरहदा रौतहटमा भने वितरणको आधा विद्युतनै चोरी भइरहेको छ । कुनै समय ८२ प्रतिशत चुहावट रहेको रौतहटमा नियमित चेकजाँच तथा चुहावट नियन्त्रणका लागी ठोस पहल हुन निकै जरुरी रहेको छ ।

    कर्मचारीहरुको मिलोमतोमा समेत कतिपय स्थानमा विद्युत चुहावट भइरहेको आरोप लाग्ने गरेको प्राधिकरणलाई चुहावट नियन्त्रण गर्न चुनौति रहेको छ ।

    रौतहट जिल्ला भरी नै व्यापक रुपमा हुकिङ्ग गरी विद्युत चोरी गर्ने प्रवृति बढेको बेला प्राधिकरणले शुरु गरेको योे प्रयासले अवश्य पनि चुहावट नियन्त्रणमा राम्रो शुरुवात भएको छ ।