• अजय यादव वियोगी

    अजय वियोगी // गैर आवासीय नेपाली संघ, अमेरिकाको पेन्सलभानिया च्याप्टरको सभापतिमा विगत २० वर्ष देखि राजनीतिक, समाजिक तथा साहित्यिक गतिविधीमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सुभाष कुमार बैठाले उम्मेदवारी दिएका छन् । वहाँ अहिले सोही राज्यका फोकल पर्सन ( राज्य कोयर्डिनेटर) हुन । “मानिस समाजिक प्राणी हो। जहाँ बसे पनि त्यहाँको र आफ्नो मातृभूमिको उत्थानको ध्येय राख्छ । त्यसैले संघ-संस्थामा लाग्नु भनेको केहि पाउनु मात्र नभई संघ-संस्था मार्फत निष्ठापूर्वक मानव हौं भने मानवको विकाशमा केहि गर्ने सोचको विकास गरौं । हामी जहाँ छौ त्यही हाम्रो छर-छिमेकी, दाजू-भाई , घर-परिवार सबै हुन । हामीले सके जति आफ्नो समुदायलाई सहयोग गर्नु पर्छ ” भन्ने भिजनको साथ बैठाले सभापतिमा उम्मेदवारी दिएका हुन् ।


    बैठाले आफ्नो भिजन र प्रतिबद्धता व्यक्त गर्दै पेन्सलभानियामा रहेका एन. आर. एन. ए. सदस्य साथी, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई आफुलाई मत दिन आग्रह गरेका छन् ।
    को हुन सुभाष बैठा ?


    बि. स. २०४० मा बाराको बेल्दारी गा. बि. स. हाल पचरौता न. पा. वार्ड नं ५ का केदार बैठा र शकुन्तला देवीको कोखबाट एउटा सधारण परिवारमा जन्मेका बैठा ८ क्लास नै पढदै गर्दा ने. बि. संघमा आबद्ध भई समाज सेवामा लागेका हुन । वहाँ सधै भन्नु हुन्छ “ आफ्नो पेट त एउटा जानवरले पनि पालि हाल्छ तर हामी मानव हौं सके जति हामीले आफ्नो समाजलाई सहयोग गर्नु पर्छ , आफ्नो समुदाय र समाज लाई माथी उठाउनु पर्छ । यो प्रत्येक नागरिक को कर्तव्य हो ।” समाज सेवा कै क्रममा वहाँ देश कै पहिलो कलेज जुन नेपाल को राजनीतिक को अखाड़ा मानिन्छ जहां बाट नेपालका अधिकांश राजनीतिकर्मी उत्पादित भए र परिवर्तनका संवाहक बने त्यही त्रि चन्द्र क्यामस काठमांडूको तराई बिधार्थी समाजको उपाध्यक्ष, र ने. बि . संघ इकाईका क्रमशः कोषाध्यक्ष, उपाध्यक्ष हुदै २०६२–६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा कैयो पटक थुना,जेल पनि पर्नु भयो । वहाँ एउटा लेखक एवम् साहित्यकार पनि हुनु हुन्छ । वहाँले आफ्नो कलम २०५८ साल देखी अहिले सम्म राजनीतिको बिभिन्न घाटनाक्रम तथा आफ्नै मात्रिभाषा भोजपुरीमा चलाउदै आइ राख्नु भएको छ । पेशाले स्वास्थ्यकर्मी बैठा २००८ सालमा अमेरिकाको पेन्सलभानिया राज्यको इक्सटन शहरमा आउनु भयो र अहिले त्यही आफ्नो दुई छोरा र श्रीमतीसँग बस्नु हुन्छ । वहाँ सधै आफु बाट हुने काम आफ्नो समुदायका लागि आफ्नो कर्तव्य ठानी ‘यो मेरो कर्तव्य हो मैले न गरे कसले गर्ला ?’ भन्ने गर्नु हुन्छ । वहाँ २०१० देखी अमेरिकाको मधेशीहरू को संस्था एन्टाको क्रमशः च्यापटर उपाध्यक्ष, अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष भई समाज सेवा गर्दै आउनु भएको छ । अहिले मधेसी एसोसिएशन इन अमेरिका (माँ) को सल्लाहकार एवं एन. आर. एन. ए. पेन्सलभानियाका फोकल पर्सन ( कोर्डिनेटर) हुनु हुन्छ ।


    नेपाली समाज समावेशी समाज भएकोले नेपाललाई प्रतिनिधित्व गर्ने कुनै पनि संस्था समावेशी चरित्रको हुनु पर्छ । बैठा तराईको दलित समुदायका हुन र नेपालको दलित समुदाय, मधेशी समुदाय र समग्र नेपालीको प्रतिनीधिको रूपमा मेरो उम्मेदवारी भएको बैठा बताउनु हुन्छ ।

    प्रतिवाध्ता
    १ आपातकालीन समय का लागी आफ्नै च्यापटर को कोष निर्माण गर्ने।


    २ स्थानीय नेपाली संघ संस्था हरू संग सहकार्य गरी संयुक्त कार्यक्रम गर्ने।


    ३ सबै नेपालीहरू लाई एउटै छाता मुनि जोड़ने उद्देश्य ले बर्षमा कम्तिमा दुई कार्यक्रम गरी पहिलो पुस्ता र दोस्रो पुस्ता लाई बिभिन्न बिषय मा प्रत्यक्ष सम्वाद गराउने।


    ४ अमेरिका आउन लागेका वाँ अमेरिका आइसकेका नेपाली हरू लाई आवश्यक सहयोग गर्ने।


    ५ च्यापटर को गतिविधि र प्रसिद्धारिता लाई कायम राख्न को लागी वेबसाइट एवम् समाजिक संजाल हरू निर्माण गर्ने।