• रौतहट न्यूज़// विश्वव्याप महामारी कोभिड-१९ भाइरसका कारण नेपाल भारत सिमा नाका बन्द रहेको सो नाका खुलाउनका लागी आज विरगंजमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले पर्यटन पुर्नउत्थानका लागि सीमा नाकामा लागेको प्रतिबन्ध हटाउनुपर्ने बताउनु भएको छ।

    वीरगञ्जका सरोकारवालाहरुले सिमानाका थुनेर आर्थिक बिकास नहुने धारण राखेका छन् । भारतीय गाडीलाई रोक्ने तर मान्छे आउन दिने नीतिको बिरोध गर्नुभयो । भारतीय गाडीको आवागमन खुला नगरी पर्यटक नभित्रिने उहाँको भनाइ थियो ।

    ‘पर्यटन समृद्धिको आधार, हामी सबै साझेदार’ भन्ने मुल नाराका साथ वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघ पर्साले पर्यटन पुर्नउत्थानका लागि साझेदारी कार्यक्रम शुरु गरेको हो । .