• -अजय यादव वियोगी ,कलैया ,बारा ।

    रौतहट न्यूज़// बाराको महागढीमाई नगरपालिका वडा नम्बर -२ मा पर्ने कलैया बरियारपुर सडक खण्डको पसाहा पुल भन्दा २०० मिटर तल ना १ ज ७०९२ नम्बरको सुमो सडकबाट १०० मिटर तल खस्दा चालक नासिद अंसारी गम्भीर घाइते भएका छन् ।बरियारदेखि कलैया जाने क्रममा पत्रहटी घुम्ने मोडमा तिव्र गतिका कारणसुमो अनियन्त्रित भई तल खस्दा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

    गाडी तेजमा भएकाले दुर्घटना भएको प्रत्यक्षदर्शीसबिता देवीले बताईन ।हामी यहीँ थियो अचानक गाडी गेहँुको खेतमा ५/६ चोटि पल्था खान थालेपछि अाफुहरुले चिचिअाएको प्रत्यक्षदर्शी सबिता देवीले बताईन ।गम्भीर घाइते भएका सुमो चालक नासिद अंसारीको कलैया अस्पतालमा उपचार भईरहेको छ । पसाहा पुलमा रहेको सशस्त्र प्रहरीको टोलीले घटनास्थलमा पुगि गाडी दुर्घटना भएको र चालकलाई अस्पताल लग्ने व्यवस्था मिलाएको सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार अग्नि कार्कीले बताउनुभयो ।दुर्घटना लगत्तै हामी त्यहाँ पुगेका थियो तर दुर्घटनामा मानवीय क्षति नभई भौतिक क्षति भएको सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार कार्कीको भनाइ रहेको छ ।दुर्घटना लगत्तै ना ज ७०९२ नम्बरको प्लेट हटाईएको थियो ।

    यस सम्बन्धमा दुर्घटनामा परेका गाडीमा काम गरिरहेका केही मानिसले अाफूहरुले नै प्लेट हटाएको छौँ ,कसैले केही गर्न नसक्ने बताएका बताएका थिए ।कलैयामा रहेको ट्राफिक प्रहरीका प्रमुख प्रहरी नायब निरीक्षक (सई ) नवलकिशोर साहले सुमो दुर्घटना परेको तर के कति कारणले नम्बर प्लेट हटाईएको अाफूलाई केही जानकारी नभएको बताउनुभयो ।तिव्र गतिका कारण सुमो दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सई नवलकिशोर प्रसाद साहले बताउनुभयो ।दुर्गाप्रसाद दुर्घटना लगत्तै केही चालक र सवारीधनिले नम्बर प्लेट हटाउने कालो मसिले छोप्ने तथा अन्य गतिविधि गरेपनि प्रशासनले तदारुकता नदेखाएको स्थानीयबासीको भनाइ रहेको छ ।जिल्ला प्रहरी कार्यालय बाराले सुमो चालक तथा गाडीलाई केही नगरी गाडीका केही मानिसहरुले अाफ्नो गाडी हो भन्दै केही सरसमान निकालेको दृश्यले प्रहरीले केही नगरेको प्रत्यक्षदर्शीको भनाइ रहेको छ ।बारामा सवारी दुर्घटना दिनप्रतिदिन बढदै गएको छ ।कलैया मा पनि रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिएको थियो ।यसरी दुर्घटना बढदै गएपनि सरोकारवालाहरुको ध्यानाकर्षण हुन नसकेको प्रति बाराबासी निराशा बन्दै गएको बाराका चर्चित युवा नेता अशोककुमार यादवले बताउनुभयो ।

    कलैया बरियारपुर सडक खण्डमा दिनप्रतिदिन दुर्घटना बढदै गएको छ ।केही दिन अगाडि उखु लोड गरेको ट्रेक्टर दुर्घटनामा परेको थियो ।त्यस्तै कतिवटा मोटरसाइकल दुर्घटना भएपनि केही उपलब्धिमुलक काम नभएकोप्रति बाराका समाजसेवी चिन्तित हुदै गएको समाजसेवी नरेश यादवले बताउनुभयो ।भनेर बाराबाट हाम्रा सहकर्मी अजय यादव वियोगीले जानकारी दिएका छन् ।