• -रमेश कुमार यादव

    रौतहट न्यूज़// रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ डुमरियामा शिलान्यास कार्यक्रम सम्पन भएको हो ।रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ डुमरियामा स्थित मुसहरबासिहरुको परिवार पक्कि घरमा बस्न पाउने भएका छन ।चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ डुमरियाका मुसहर टोलमा जनता आवास योजना अन्र्तगत ७५ घर बनाइने भएको हो ।

    शनिबार एक कार्यक्रमका बिच प्रदेश २ कोे जनता आवास योेजना अनुसार सो बस्तिका मुसहरहरुका लागी ७५ घर निर्माण गर्न शनिबार केन्द्रिय सदस्य कन्थमनि प्रसाद जैसवालको बिशेष पहलमा प्रदेश २ रौतहट क्षेत्र नम्बर १ का सांसद बाबुलाल शाह , प्रदेश संसद फुलबाबु र सोही वडाका वडा अध्यक्ष गोविन्द दुलालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । तत्काल १ महिनाभित्र ७५ घरमध्ये १० घर निर्माण गरि सक्ने गरि काम अगाडी बढाइने केन्द्रिय सदस्य कन्थमनि प्रसाद जैसावालले बताउनु भयो ।

    एकै पटक बसिरहेका घरहरु भत्काउदा मुहसर परिवारलाई असहज हुने भएकाले केही घर भत्काउदै निर्माण गर्दै सोे स्थानमा ७५ घर निर्माण गर्ने वडा अध्यक्ष गोेविन्द दुलालले बताउनु भयो ।लोकप्रिय नेता जैसवालले सबभन्दा कमजोर र पछाडि परेका गरिब,असाहाय परिवारहरुलाई बिभिन्न समय र त्यसलाई परेको दुःख सुखमा साथ दिदै आईरहेको हो ।त्यसतै बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ मा पनि अति गरिब निसाहाय परिवारहरुलाई उनीहरुको घरघरमा पुगि आफ्नो ज्यानको प्रवाह नगरि बिभिन्न गाउँमा गएर आफ्नो ब्यक्तिगत लगानिमा त्यसता परिवारहरुलाई चुल्हो बन्द भएपछि चामल ,दाल ,आलु नुन लगायत मास्कहरु पनि सहयोग गरेका थिए ।

    शिलान्यास कार्यक्रममा जनता अवासको डि रााजेश साह ,चन्द्रपुर नगरपालिकाका जसपा पाटिका नगर प्रमुख लक्ष्मी चौधरी ,किशोरी चौधरी ,महिला नेत्री अमब्या खातुन ,महिला नेत्री सलिना खातुन ,पुर्व गा.बि.सको मुखिया रामरुप चौधरी ,घनहरु चौधरी ,लक्ष्मण चौधरी ,सुनिल कुमार सिँह ,चन्द्रशेखर पटेल ,अनिल पटेल स्थानिय मुसहर समुदायका ब्यक्तिहरु समाजसेवी ,विभिन्न राजनितिक दलका नेता लगायत पत्रकारहरुको सहभागीता रहेको थियोे ।