• मेवालाल यादव  फगुन ९ गते

    रौतहट न्यूज// जनता  समाजवादी पार्टी नेपाल रौतहटका कार्यकर्ताहरुले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बिरुधमा आज आइतबार  बेलुका ४ बजे रौतहटको हरेक नगरमा नगर स्तरीय विरोध प्रदर्शन गरेका छ।

    पुष ५ गतेको कायम रहेका संघीय संसद विघटन गरेको विरुद्धमा पार्टी केन्द्रिय कार्यालयले निर्धारण गरेको कार्यक्रम अन्तर्गत (जसपा) पार्टीका कार्यकर्ताहरुले प्रहरीलाई चुनौती दिदै राष्ट्रपति र प्रधानमन्त्रीको बिरुध विरोध प्रदर्शन गरेको हो। घोषित कार्यक्रम सम्पन्न गर्न जसपा नेपालका नेताकार्यकर्ताहरुद्वारा रौतहटको स्थानीय तह बौधिमाई नगरपालिका , परोहा नगरपालिका , राजपुर नगरपालिका , इशनाथ नगरपालिका , माधोनारायन नगरपालिका र देवाहि गोनाहि नगरपालिका स्थित ठाउँ ठाउँमा विघटन विरूद्ध प्रदर्सन गरिएको हो।

    सो कार्यक्रममा जसपा का नेता तथा कार्यकर्ताहरु भेला भएको थियो भने प्रहरीले विरोद्ध प्रदर्शन गर्न नदिने उदेश्यले आएपनि कार्यकर्ताहरुले कार्यक्रम सफल बनाएका छन् ! प्रहरीको प्रयास संसद विघटन विरूद्धको प्रदर्शन रोकनमा तथपर रहेको हुदा पनि जसपा का नेताहरू विरोध प्रयास सफल बनाएका छन्। पहिला देखि तयारी गरेर राखिएको विरोध कार्यक्रम जसपाका युवा जुझारु नेता श्याम विहारी यादव , मो. सकिक अकतर , नगर प्रमुख राजु यादवले प्रहरी रहेको ठाउँ देखि केही दुरीमा विघटन बिरोद्धको नारावाजी गरेका छ्न्।

    विरोध प्रदर्शन पश्चात आयोजित कार्यक्रममा सम्वोधन गर्दै जनता समाजवादी पार्टीका प्रदेश सांसद रामकिसोर  यादवले रगत बगाएर ल्याएको संघीय गणतन्त्रको नेकपा सरकारले समाप्त पर्ने सड्यन्त्र पुर्वक संसद विघटन गरेको आरोप लगाउनु भएको छ । झापा काण्डका मुख्य योजनाकार केपी ओली जस्तो व्यक्तिलाई नेपाली जनताले आफ्नो बहुमुल्य मतदान गरी प्रधानमन्त्री बनायको कारण नै आजको दिनमा देश अन्धकारको दिशातिर गएको हो भन्दै यादवले अरोप लगाएको थियो।

    नेता यादवले आन्दोलनको बल आएको संघियता खतरामा रहेकोले जनता समाजवादी पार्टीले रक्षाको निमित आन्दोलनमा होमिएको जिकिर गरे । कम्युनिस्ट पार्टीले संघियता खारेज गर्ने सोच लिएकोले सोच कुनै पनि हालतमा पुरा नहुने ठोकुवा गरेका छ्न्। जसपाका नगर प्रमुख राजु  यादवले सताधारी नेकपाको आन्दोलनकारी समर्थन र सुरक्ष सहित गाडीहरुलाई काठमाडौं सम्म पुर्‍याउने प्रहरी प्रशासनहरूले मधेशी दलको आन्दोलन हस्तक्षेप गर्ने मेयर यादव ले बताए।

    सो  कार्यक्रममा प्रदेश सांसद तथा क्रान्तकारी नेता रामकिसोर यादव ,  जिल्ला उपसभापति राम आशिष यादव , देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र पटेल ,युवा नेता मो .सकिल अकातर ,सोभा देवी कन्थमुनी जैसवाल, लिला साह, विधायक परित्यासी जिल्ला इन्चार्ज बृज यादव, जसपाका प्रदेश सदस्य शोभा देवी, नगर अध्यक्षहरू, भातृसंगठनका पदाधिकारीहरू, नेता मुखिया इश्वरी यादव, युवा नेता  श्यामबिहारी, अनिल, राजकुमार दास, कौशल खान, महेश, किशनन्दन, पुनप्रताप , विष्णु र महिला नेतृ राधा साह लगायतका नेता तथा कार्यकार्ताहरुको उपस्तिति रहेको थियो ।