• रौतहट न्यूज़// जिल्ला रौतहट स्थित मौलापुर नगरपालिका वाड ८ टोल सोनरनियाँमा आज शनिबारको दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वाड कमिटी,युवा कमिटी,महिला कमिटी र किसान कमिटी गरी २५/२५ सदस्य कमिटी  गठन गारिएको छ।

    नेकपा वाड ८ का नव नियुक्त यूवा नेता रामाकान्थ राय यादव

    साबिक सोनरनियाँका पुर्व मुखिया रामएकवल राय यादवको अध्यक्षतामा भेला बसी वाड ८ नेकपाका वाड कमिटी अध्यक्ष रामाकन्थ राय यादव,उपाध्यक्ष रघुविर सिंह कुर्मी र सचिव पदमा रामाअधार बैठालाई सर्व सहमतिबाट नव नियुक्त गरेका छ्न्।

    रौतहट न्युज तपाईहरूलाई स्वागत गर्दछ।

    वाड कमिटी गठन कार्यक्रममा विभिन्न विषय माथी छलफल गरी यूवा कमिटीका अध्यक्ष अन्जय कुमार यादव, उपाध्यक्ष उमेश राय यादव र सचिव पदमा सुनिल राय यादव रहेको छ। त्यस्तै गरी महिला कमिटी अध्यक्ष उर्मिला पसवान,उपाध्यक्ष रैमल बैठा धोवी र सचिव पदमा प्रतिमा देवीलाई पद भार दिएको हो।

    सो वाड कमिटी गठनका विशिष्ट उपास्तितिमा नेकपा नगर अध्यक्ष नागिन्द्र साह, जिल्ला कमिटी सदस्य विरचन राम, ठागा दास,विनोद तिवारी केन्द्रिय कमिटी सदस्य चन्देश्वर बैठा लगायतका विभिन्न तह तपकाका नेता तथा कार्यकर्ताको उपास्तिति रहेको थियो।