• रौतहट न्यूज// बारा जिल्लाको कलैयामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको बृहत जिल्ला भेला आज सोमबारको समपन्न भएको छ। यस भेलाको प्रमुख अथिति नेपाल कम्युनिष्ट पार्टी को सचिवालय सदस्य तथा उपप्रधानमंत्री ईश्वर पोखरेल र बरिष्ट अथिति सहरी विकास मन्त्री प्रभु साहको रहेको थियो ।

    सो कार्यक्रममा विभिन्न तहतपकाका नेता तथा कार्यकर्ताको उपस्तिति रहेको थियो। प्रदेश २ मा प्रतिक्रियावादीहरूको आडमा रहेकों मधेशवादी नेताको कारण २ नम्बर प्रदेश कलंकित भएको मन्त्री साहले अरोप लगाउनु भएको हो। बारा जिल्लाको विकास र शुसासित गर्ने र छिटो भन्दा छिटो नेपाल भरत बोडर खुलाउने प्रतिवद्धता साहित बोडर प्रति सरकारको ध्यान आकर्शन गराउनु भएको हो।

    प्रधानमंन्त्री के.पी. शर्मा ओलीले प्रदेश २ मा १२ सय कि.मि.कालोपत्र रोड बनाउने भएको रधुविर महासेठले जनकारी गराउनु भएको छ। अहिले सम्म नेकपा फुटेको छैन पहिला पनि नेकपा अध्यक्ष केपी ओली थियो र वर्तमाणमा पनि रहेको छ र उपाध्यक्ष प्रचण्ड नै रहेको महासेठले बताएका छन्।

    उपप्रधानमंत्री ईश्वर पोखरेलले बारा जिल्लाका विभिन्न इतिहासिक स्थललाई सम्मानपूर्वक नमन गरेको हो। यो बारा जिल्ला सिङगो नेपाल चिन्ने भन्दै सिम्रौनगढ़ र गढ़ीमाई लाई सम्बोधान गर्दै यस पवन धर्तीलाई सरहना गरेको छ।

    एक भएको कम्युनिष्ट पार्टीलाई विभाजन गर्न खेल चलिरहेको छ। “कम्युनिष्ट पार्टीको एकता जिन्दाबाद, पार्टी विभाजन गर्ने मुर्दाबाद!! भन्दै पोखरेलले सो कार्यक्रममा जैकारा लगाएर पार्टी विभाजन गर्ने लाई चेतावनी पनि दिएको छ। केपी ओलीलाईं प्रधानमंन्त्री पदबाट हटाउनको लागि कोई शक्ति छैन। र ओली लाई हटाउने मेरो सुईकार पनि न रहेको पोखरेलले बताउनु भयो।

    केपी शर्मा ओलीले पूर्व देखी पश्विम सम्म रेल मार्ग बनाउने, पर्व देखी पश्चिम सम्म सिक्स लाईन रोड बनाउने, कृषीमा प्रविधी ल्याउने र भारत र चीन संग आँखामा आँखा मिलाउने जस्ता प्रधानमंत्रीलाई पद बाट हटाउने हामी लाई सुईकार छैन्। प्रचण्डले ३३ बर्ष अध्यक्ष भएको पनि प्रचण्डलाई अहिले सम्म चसका र स्वार्थ छुटेको छैन। प्रचण्डले २ चोटी प्रधान मंत्री भए तर के गरेको हो ? भन्दै पोखरेल ले प्रश्न गरेका छन।

    सत्य तथ्य निष्पक्ष समाचारको लागी रौतहट न्यूज

    आउदो निर्वाचनमा सुर्य छाप नेपाल कम्युनिष्ट पार्टीकै रहने पोखरेलले बताएका छन्। केपी ओलीको आधिकारी पार्टी जहाँ हुन्छ सुर्य चिन्ह त्यही हुन्छ भ्रममा न रहनु जनता संग आग्रह गरेका छन्। सुर्य चिन्ह नेपाल कम्युनिष्ट पार्टीको हो सुर्य खोस्ने लाई चेतावनी पनि दिएका छन्। मधेशको समस्या हामी सबैको समस्या रहेको भन्दै मंत्री पोखरेलले प्रधानमंत्री संग औपचारिक बैठक गरेर छिटै नाका (बोडर) खुलाउने प्रतिवद्धता गरेका छन्।