रौतहट न्यूज//
विभिन्न संघ संस्थाले गरिब र निमुखा जनताको हितका लागी कार्य गर्ने झुठा अश्वासन दिएर निजि स्वार्थ पुरा गर्दै आएको छ। संविधानको कानुन भित्र रहेर काम गर्ने प्रतिवद्वता राखेको एन.जी.ओ., आई.एन.जी.ओ. र संस्थाले जनता लाई भ्रमित गर्दै आएको समाचार सर्वव्यापी नै रहेको हो तर हाल माण्डवी नामक संस्थाले रकमको दुरुपयोग गरि राजनीति गर्ने गरेको पार्टी अन्तरगत कार्य गर्दै आएको अरोप रहेको छ।
माण्डवी नामक संस्थाले आफ्ना आसेपासेलाई नियुक्त गरेर स्यमको स्वामित्वमा कांग्रेस पार्टीको नेता तथा कार्यकर्ता बाहेकको जनता संग विभेद गरी रहेको ईशनाथ नगरपालिका वडा ६ का वडाध्यक्ष रामेश्वर साहले आरोप लगाउनु भएको छ।
यस संस्थाले कुनै कार्यक्रमको बारेमा स्थानीय तहलाई जनकारी न गराई मनमानी गर्दै आएको हो। नगरपालिका संग समन्वय न गरी कांग्रेस पार्टीका नेता तथा कार्यकर्ता संग मात्र तालमेल राखेर राजनीति गर्दै आएको हो।
संस्थाको एउटा शिर्ष पदमा बसेकी अध्यक्ष र सहयोगी पार्टीको प्रत्येक कार्यमा सामील हुनु यो कुरालाई प्रमाणित गर्छ कि संस्थाको नाममा समाज सेवा होइन संस्थाको आडमा पैसाको दुरुपयोग र राजनीति बाहेक केही पनि न रहेको भन्दै नगर प्रमुख संतोष मेहता ले बताऊनु भयो।
यस्ता गैरजिम्मेवार किसिमले राजनीतिक गर्ने उद्देश्यले संघ संस्थाको रकम दुरुपयोग गर्दै गर्दा र विभिन्न माध्यमबाट बारम्बार यो कुरा उठिरहेको भएता पनि जिल्ला प्रशासन कार्यालय रौतहट , गृह मन्त्रालय , समाज कल्याण नेपाल लगायत सम्बन्धित निकायको ध्यानाकर्षण नहुनुको कारण के होला। भन्दै नगर प्रमुख मेहताले प्रश्न गरेका छन्।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।