• मेवालाल यादव११पुष


    रौतहट न्यूज// जनता समाजवादी पार्टी नेपाल रौतहटका कार्यकर्ताहरुले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको बिरुधमा शनिबार बेलुका ५बजेको समयमा सदरमुकाम गौरमा मसाल जुलुस प्रदर्शन गरेका छन्।


    पुष ५ मा कायम रहेका संघीय संसद विघटन गरेको विरुद्धमा पार्टी केन्द्रिय कार्यालयले निर्धारण गरेको कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रहरीलाइ चुनौती दिदै राष्ट्रपति र प्रधानमन्त्रीको बिरुध मसाल जुलुस प्रदर्शन गरेको हो।

    घोषित कार्यक्रम सम्पन्न गर्न मधेशी क्रान्ति चौकमा कार्यकर्ताहरु भेला भएको थियो भने प्रहरीले मसाल जुलुस प्रदर्शन गर्न नदिने उदेश्यले आएपनि कार्यकर्ताहरुले कार्यक्रम सफल बनाएका छन् ।प्रहरीको प्रयास मसाल जुलुस प्रदर्शन गर्न न दिने रहेका थिए। पहिला देखि तयारी गरेर राखिएको मसाल जसपाका युवा जुझारु नेता श्याम विहारी यादवले प्रहरी रहेको ठाउ देखि केही दुरी मसालमा आगो लागेर नारावाजी गर्न लाग्दा निभाउनको लागि खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली दौडेर आएका थिए।

    मसाल पश्चात आयोजित सभामा सम्वोधन गर्दै जनता समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य एवं जिल्ला इन्चार्ज ब्रिज कुमार यादवले रगत बगाएर ल्याएको संघीय गणतन्त्रको नेकपा सरकारले समाप्त पर्ने सड्यन्त्र पुर्वक संसद विघटन गरेको आरोप लगाउनु भएको छ।

    नेता यादवले आन्दोलनको बल आएको संघियता खतरामा रहेकोले जनता समाजवादी पार्टीले रक्षाको निमित आन्दोलनमा होमिएको जिकिर गरे ! कम्युनिस्ट पार्टीले संघियता खारेज गर्ने सोच लिएकोले सोच कुनै पनि हालतमा पुरा नहुने ठोकुवा गरे ! जिल्ला समन्वय समिति रौतहटको उपसभापति राम अशिष राय यादव,जसपा ,अनिल कुमार सिंह ,जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, जिल्ला सदस्य चन्दन यादव ,युवा नेता उपेन्द्र चौधरी,हरि नारायण यादव,कौशर खान मिथिला ,राजकुमार तत्मा ,सन्जय यादव ,ओम प्रकाश साह,शोभ देवी साह,राधा साह,अम्बेया खातून,दिनेश यादव सन्जिव यादव लगायत नेता कार्यकर्ताहरु सन्यौ संख्यामा सहभागिता रहेको थियो।