• मेेवालाल यादव


    रौतहटको बौधिमाई नगरपालिकाले जिल्लामै दोस्रो पटक नगरवासीको विधुत महसुल तिर्ने व्यवस्था गरेको छ ।

    चौथो नगरसभाले बौधिमाई नगरपालिकाले नगर भित्रका सम्पुर्ण उपभोक्ताको विधुत महसुल तिर्ने निर्णय पारित गरेको छ ।
    जिल्लामा रहेको १८ स्थानीय तहमध्ये अहिलेसम्म कसैले पनि सर्वसाधारण जनताको विधुत महसुल तिर्ने निर्णय गर्न नसकेको अवस्थामा बौधिमाई नगरपालिकाले दोस्रो पटक सर्वसाधारणको विधुत महसुल तिर्ने निर्णय गरेको हो ।

    आफना चौथो नगरसभाद्धारा नगरपालिकाले नगरको समग्र विकासका लागि ५१ करोडभन्दा बढी बजेट पारित गरेको छ ।
    नगरसभाले यस चालु आर्थिक वर्षको लागि निर्धारण गरेको आफना निती तथा कार्यक्रममा नै यस वर्षदेखी नगरका सम्पुर्ण जनताको विधुत महसुल नगरपालिकाले नै व्यहोर्ने व्यवस्था गरेको छ ।
    आम नागरिकको विधुत महसुल तिर्नको लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ ।

    धेरै गरिवले गरिविका कारण ४ वर्षसम्मको विजुली महसुल अझै तिर्न नसकेको तथा विपन्न वर्गलाई विधुत महसुल तिर्न समस्या हुँदै आएकोले गरिव देखी लिएर धनीसम्मको विधुत महसुल अब नगरपालिकाले नै तिर्ने व्यवस्था गरेको नेपालको सब भन्दा कान्छो युवा मेयर राजिव रन्जन उर्फ राजु यादवले बताए ।

    यस वर्षदेखी आफु मेयर रहेसम्म कसैलाइ पनि विधुत महसुल तिर्न नपर्ने र सो महसुल नगरपालिकाले नै तिरिदिने मेयर राजिव रन्जन उर्फ राजु यादवले बताएका छन ।,

    यस वर्षको निती तथा कार्यक्रममा नगरको विभिन्न ठाउँमा भौतिक पुर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य , कृषि लगाएत कार्यलाई विशेष प्राथमिकता दिएको मेयर यादवले बताउनुभयो ।,
    जनताको विधुत महसुल तिर्ने निर्णय बौधिमाई नगरपालिकाको निकै सराहनीय रहेको भन्दै नगरवासी नगरपालिकालाई धन्यवाद दिएका छन।

    जिल्लामै ऐतिहासिक योजना बौधिमाई नगरपालिकाले आफ्नो चौथो नगरसभाबाट सम्पूर्ण नगर भरिको किसानहरूको कृषि मिटरको विधुत महशुल आफै व्यहोर्नुपर्ने निति ल्याएको छ ।
    नगरपालिकाले जनताको विधुत महसुल तिर्ने निर्णय गरेपछि बौधिमाई नगरवासी निकै खुसी हुँदै मेयर राजिव रन्जन यादव र उपमेयर प्रेमलाता कुशवाहा, नि. प्रमुख प्रशासकिय अधिकृत रामेश्वर राय यादवलाई धन्यवाद दिएका छन ।