• रौतहट न्यूज// नेकपाका नेता तथा पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य मा. कृष्णबहादुर महराको पत्नी सीता महराको कोरोना संक्रमणका कारण आज बिहान ६ः२५ बजे काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा असमायिक निधन भएको छ। उपचारअघि पिसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएकी सीता महराको १५ दिनदेखि काठमाडौंको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।

    निमोनिया देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो । त्यहाँबाट थप उपचारका लागि कात्तिक १४ गते हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उपचारकै क्रमममा बुधबार विहान निधन भएको महराका छोरा एटमले जानकारी दिएका छन् ।