• मेवालाल कुमार यादव।


    रौतहट ,१७ कार्तिक ।रौतहटको बौधिमाई नगरपालिका वर्डा नम्बर ४ ईनरवारीमा दिपावली एवम् छठ पर्वको पाउन अवसरमा जनता समाजवादी पार्टी बौधिमाई नगरसमितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रम जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एवम् रौतहट क्षेत्र नम्बर २(ख)बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य माननीय रामकिशोर उर्फ किशोरी यादवका प्रमुख अथिति केन्द्रिय सदस्य रेवन्त झाको विशिष्ट उपस्तितिमा शुभकामना आदान प्रदान कार्यक्रम सुरुवात भएको थियो।

    हिन्दु धर्महरूको विष्ट धर्मको रुपमा मनाइने छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य रामकिशोर यादवले नगरवासी,क्षेत्रवासी ,जिल्लावासी एवम् देशवासी लगायत सम्पुर्णमा सुस्वास्थ्य ,दिर्घायु एवं उन्नतिप्रगती कामना गर्दै देशमा अहिले नेकपा सरकार जनताको भावना अनुसार कामकाज नगरेको ,प्रदेश नम्बर २ सरकार आफ्नो पार्टी छ तर केन्द्रीय सरकारले सौतेला व्यवहार गर्दै आएको उनले आरोप लगाए।नगर भित्रका सयौं नेताकार्यकर्तालाई पार्टी प्रवेश गराएका थिए। कार्यक्रममा स्वागत मन्तव्य बौधिमाई नगरपालिका वर्डा नम्बर ४ ईनरवारीका वर्डा अध्यक्ष देवनारायण प्रसाद यादवले गरेको हो।

    जिल्ला समन्वय समिति रौतहटको उपसभापति राम अशिष राय यादव,केन्द्रिय सदस्य लीला साह,विवेक कुमार यादव,सङघिय परिषद सदस्य बिन्देश्वर प्रसाद यादव,जिल्ला ईन्चार्ज बृजकिशोर यादव,गरुडा नगरपालिका प्रमुख ईन्नु राय यादव,जसपा पार्टी रौतहटको अध्यक्ष एवम् देवाही गोनाही नगरपालिका प्रमुख धर्मेन्द्र पटेल,बौधिमाई नगरपालिकाका नगर प्रमुख राजिव रंजन उर्फ राजु यादव ,युवा नेता श्यामविहारी ,मोहम्मद अनवर हास्मी,मोहम्मद शकिल लगायतका नेता र कार्यकर्ताहरुको सहभागीता रहेका थिए।