
जनकपुरधाम– राष्ट्रवादी नागरिक समाजले मुलुकमा राजतन्त्र फर्काउन भन्दै महाअभियानको सुरुवात गरेको छ। राजधानी काठमाडौँबाट सुरु गरेको महाअभियान अन्तर्गत शनिबार जनकपुरधाममा समेत राष्ट्रिय नागरिक समाजले र्याली निकालेको छ।

‘राजतन्त्र पुनर्वहाली गर’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर’ लगायतका नाराहरु लगाउँदै नेपालको राष्ट्रिय झण्डा बोकेर दर्जनौँ व्यक्ति पूर्वराजाको पक्षमा नारा लगाउँदै र्यालीमा सहभागी भएका थिए ।

देशमा भ्रष्टाचार मौलाइरहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु दिनदिनै बढिरहेकोले त्यसको न्यूनिकरणका लागि राजतन्त्र फर्काउन आवश्यक रहेको राष्ट्रवादी नागरिक समाजको महाअभियानका संयोजक चन्द्र बहादुरले बताए। उनले दलहरुले देशलाई बचाउन सक्ने स्थिति नदेखेरै आफूहरुलाई देशमा राजतन्त्रको खाँचो रहेको महशुस भइरहेको बताए।

उपसंयोजक लक्ष्मी मल्लले देशमा राजतन्त्रको पुनर्वहाली नभएसम्म देशभरी यो महाअभियान जारी राख्ने जानकारी दिइन्। उनले देशमा चाँडै नै राजतन्त्र फर्किने दावीसमेत देश सञ्चार द्वारा गरिन्।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।