• संवाददाता:-राजकुमार यादव

    कार्तिक ३// रौतहटका देवाही गोनाही नगरपालिकाका नगर सभा आज सोमबारको सम्पन भएकाे छ। समाजिक दुरी कायम गर्दै, नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रमका बीच सभ्य र भव्य तरिकाले सम्पन भएका छन्। सरकारले तोकेको अनुसार सबै पालिकाले समयमा नगर परिषद गर्नु पर्ने तर बिभिन्न कारणले हुन नसकेको देबाही गोनाही नगरपालिकाको नगर सभा सोमबार मात्र सम्पन भएको हो।

    नगर प्रमुख धर्मेन्द्र पटेल र नगर उप-प्रमुख परनीया देवी नि.प्रमुख प्रशासकीय अधिकृत राजदेव राम, लगाय नौ वार्डका वाडा अध्यक्ष सहित विभिन्न नेता र कार्यकर्ताको उपास्थिति रहेको थियो। नगरपालिकाले चौथाे नगर सभा बाट अार्थिक बर्ष २०७७/७८काे लागि नगरको समग्र बिकासको लागि कुल आय अनुमानित रकम ४९ करोड २ लाख ३४ हजार २९ रुपैया बजेट प्रस्तुत गरेको छ ।

    आ.व. २०७७/७८ को आय व्ययको अनुमान विवरण आन्तरिक कोष तर्फबाट १ करोड, राजश्व बाडफाड संघबाट ७ करोड १८ लाख ६ हजार १ सय १० रुपैया, राजश्व बाडफाड प्रदेशबाट ३६ लाख २५ हजार, संघीय सरकारबाट वित्तिय समानिकरण अनुदान १० करोड ७६ लाख, संघीय सरकारबाट शसर्त अनुदान १५ करोड ४४ लाख, संघीय सरकारबाट समपुरक अनुदान १ करोड ९४ लाख, संघीय सरकारबाट विशेष अनुदान १ करोड, प्रदेश सरकारबाट बित्तिय समानिकरण अनुदान ७१ लाख ६३ हजार, प्रदेश सरकारबाट शसर्त अनुदान ८० लाख, प्रदेश सरकारबाट विशेष अनुदान ३० लाख, प्रदेश सरकारबाट समपुरक अनुदान २० लाख, गत वर्षको नगद मौज्दात ९ करोड ३२ लाख ३९ हजार ९ सय १९ रुपैया आय रहेको छ।

    नगर प्रमुख धर्मेन्द्र पटेलले सभाको उद्घाटनपछि संघ, प्रदेश र राजश्वबाट हुने आम्दानी सहित कुल ४९ करोड २ लाख ३४ हजार २९ रुपैयाको बजेट बिनियोजन गरेका छन्।

    देवाही गोनाही नगरपालिका

    नगर उप-प्रमुख परनीया देवी