
संवाददाता :- सिकिन्द्र साह
असोज २//२०७७ साल असोज १ बिहिवारका दिन , सप्तरीबाट जसपाका समाजसेवी नेता तथा राष्ट्रिय सभा प्रत्यासी अनिरूद्ध प्रसाद सिंह यादवज्युको नेतृत्वमा बलान नदीका कारण बर्षेनी उत्पन्न हुने समस्याको समाधानकालागि प्रदेश नं २ सरकारलाई ध्यानाकर्षण गर्न सप्तरीबाट जनकपुरधाम, नेताकार्यकर्ता, समाजसेवी तथा जनप्रतिनिधिहरू डेलिगेसन लिई पुगेका थिए।
सप्तरी तथा बिशेष बलान बिहुल गाउँपालिका क्षेत्रमा यस बलान नदीका कारण प्रतेक बर्ष कटान तथा बाँढीले गर्दा धनजनलाई हानिनुक्सानी हुदै आएको छ। सप्तरीमा हरेक बर्ष बाँढीले धेरै ज्यान जाँने गरेको तथा कटानले खेतिपातीलाई नुक्सान गर्दै आएको छ। जनताको गुनासो र पिडालाई बुझ्दै जसपा नेता अनिरूद्ध प्रसाद सिंह यादव ज्यु बिहिवार स्थानिय नेता समाजसेवी तथा जनप्रतिनिधिका साथ प्रदेश सरकार समक्ष पुगेका हुन।

प्रदेश नं २ सरकारका मुख्यमंन्त्री मा. लालबाबु राउत तथा भौतिक पुर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलसंग पनि भेटघाट गर्दै यस बिषय प्रति सबैको ध्यानाकर्षण गराइएको थियो। भेटमा मुख्यमंन्त्री राउतले यस समस्यालाई प्रदेश सरकार व्यवस्थापन गर्ने अस्वासन दिदै, केन्द्रिय उर्जा मन्त्री बर्षमान पुनसंग प्रत्यक्ष संबाद पनि गर्नु भयो। संबादमा मन्त्री पुनले बलान नदी नियन्त्रणाका लागि पहल गर्ने प्रतिब्द्धता जनाउनु भयो।
जसपा नेता अनिरूद्ध सिंह यादवद्वारा बलान नदी नियन्त्रणकालागि हर सम्भव प्रयास यही आर्थिक बर्षमा गर्न मुख्यमंन्त्री राउत तथा भौतिक पुर्वाधार मन्त्री सोनलसंग राख्नु भयो। वहाले जनता पिडामा छन् भन्दै अबपनि जनतालाई रक्षा गर्न सकिएन् भने कहिले गर्ने भन्दै समस्याको समाधानकालागि ठोसरूपमै योजना बनाउन आग्रह गर्नु भयो।
डेलिगेसनमा बलान बिहुल गाउँपालिकाका वडा नं १ तथा ३ वडाध्यक्ष, जसपा नेता दिनेश यादव साथ नेता कार्यकर्ता समाजसेवीहरूको उपस्थिति रहेको थियो।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।