
रणधिर साह //रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीका रामकिशोर राय यादवले हनुमान मन्दिर निर्माणको भूमिदान गरेका छन् । मध्यरौतहटकै सबैभन्दा पुरानो गाउँ पुर्नीगेडहीको भगवती मन्दिरसँगै रहेको आफ्नो जमिनबाट दश धुर जमिन हनुमान मन्दिरको लागि दिने घोषणासँगै औपचारिकरुपमा वैदिक विधिबाट यादवले भूमिदान संकल्प गरेका छन् ।

यादवका पिता भुटा राय यादवले ग्रामबासीका समक्ष रसियाबाबालाई साक्षी राखेर हनुमान मन्दिर निर्माणको लागि भूमिदान संकल्प गरेका हुन् ।भगवती मन्दिरसमेतको सेरोफेरोलाई कम्पाउन्ड वाल गर्नुपर्ने भएकोले हनुमान मन्दिरको सम्पूर्ण निर्माण कार्यमा दशदेखि पन्ध्र लाख रुपैया लाग्ने र मन्दिर निर्माणको लागि विभिन्न स्रोतबाट चन्दा संकलन गरिने यादवले बताए ।प्रचलित मूल्यमा हनुमान मन्दिरको लागि दान गरिएको जमिनको करिब तीन लाख रुपैया पर्ने देखिन्छ ।
हनुमान मन्दिरको नाममा जमिन पास गरेपछि मन्दिर निर्माणको औपचारिक प्रक्रिया अगाडि बढाइने जग्गादाता रामकिशोर यादवले बताएका छन् । हजारौँ वर्ष पुरानो इतिहास रहेको पुर्नीगेडहीमा हनुमान मन्दिरको आवश्यकता स्थानीयले महसुस गरेपछि आफूले नेतृत्व लिएको यादवको भनाइ छ ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।