• सिताराम// रौतहटको बागमती नदिमा नुहाउने क्रममा तीन बालिका बेपता भएका छन् । गढीमाई नगरपालिका धर्मपुरस्थित बागमती नदीमा बिहान १० बजे तीन जना बालिका बेपत्ता भएका हुन् ।बेपत्ता हुनेमा गढ़ीमाई नगरपालिक वडा नं.७ धर्मपुर टोलकी भदई मुखियाको छोरी अन्दाजी बर्ष १४ की पिंकु कुमारी मुखिया र सोही ठाउँ बस्ने लक्ष्मण दासको छोरी अन्दाजी बर्ष १२ की सुस्मिता कुमारी दास तथा छठु मुखियाको छोरी अन्दाजी बर्ष १० की चञ्चल कुमारी मुखिया रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो । बेपत्तामध्ये की पिंकु कुमारी मुखियाको शव फेला परेको प्रहरीले जनाएको छ ।

    बालिका बेपत्ता भएको खबर पाउनासाथ घटनास्थल पुगेको थियो । चौकी धर्मपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा गएको टोलीले खोजतलासको बेपत्ताको खोजी कार्य थालेको थियो ।


    बालिकाहरुको खोजतलासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।