• रौतहट न्यूज// रौतहटको गरुडा नगरपालिका -८ , जिङ्गडिया निवासी नन्दलाल रामको छोरो १७ वर्षीय निरन्जन रामको धारिलो हतीयरले घाटीमा प्रहार गरी हत्या गरेको छ । चमारको धारिलो हथियारले घाँटी रेटेर काटिएको अवस्था मा शब बरामद  भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।

    शिवानी पेट्रोल पम्प को पछाडि करीब ५०० मीटर पूर्ब र जिङ्गडिया गाऊँको पश्चिम तिरको टोल नजिकै उत्तर तीर बनेको नया सड़क को छेउमा शब फालेको छ । प्रारम्भिक चरणमा धारिलो हतियारले घाँटी काटिएको तर पुरै न छिनालिएको डिएसपी महतोले बताए ।

    अहिले घटना स्थलमा प्रहरीले सुरक्षीत बनाएर अनुसंधानको लागि तालीम प्राप्त कुकुर मगाईदैछ  डिएसपी महतोले बताए । घटना स्थल र प्रकृति हेर्दा कसैले कुनै रिसिभिको कारण निरन्जन रामको घांटीरेटेर हत्या गरेको हुनसक्ने डिएसपी ज्ञानकुमार महतोले आशंका व्यक्त गरेका छन । घटनाको थप अनुसंधान पछि मात्र हत्या किन र कस्ले गर्यो बताउन सकिने डिएसपी महतोले जानकारी दिएका छन ।