
सर्लाही संवाददाता ।श्री समाज सेवा युवा कल्ब, चन्द्रनगर – बरकुरवाद्वारा आयोजित जिल्ला स्तरिय भलिबल प्रतियोगिता उद्घाटन समारो सम्पन भएको छ।
उद्घाटन समारोहलाई सम्बोधित गर्न क्रममा नेकपाका युवा डी.सि.एम. तथा अनेरास्ववियूका केन्द्रीय नेता चन्द्र भुषण साहले भने: “तपाई-हामी युवाहरु केवल भविष्यका कर्णधार मात्र नभई वर्तमान समयको शशक्त हिस्सेदार पनि हौं । त्यसमाथि खेलकूद क्षेत्रमा त झन युवाको विशेष महत्व छ । स्वस्थ जीवन र विश्वभर गौरवशाली राष्ट्रको पहिचान निर्माणमा खेल र खेलाडीको योग्दान अतुलनीय हुन्छ । त्यसैले नेपाली खेलाडी र खेलकूद क्षेत्रलाई राज्य अर्थात तिनै तहको सरकारले प्रोत्साहन गर्नुपर्छ ।”उनले अगाडि थपे: “खेलाडीहरु हाम्रो गाउँ, समाज र सिङ्गो राष्ट्रका लागी अनमोल गहना र साझा गोरव हो त्यसैले, राज्यले खेलाडीहरूको जीवन र जीविकाको ग्यारेन्टी गर्न सक्यो भने, खेलाडी साथीहरु उत्साहित भई मजबूत मनोबलका साथ मैदानमा निरन्तर आफ्नो क्षमता प्रदर्शन गर्नेछ ।
जसबाट राम्रा, क्षमतावान, कुशल खेलाडी साथीहरु खेलकूद क्षेत्रबाट पलायन हुने कुरामा व्यापक सुधार आउनेछ र विगतमा झैं नेपालको राष्ट्रिय भलिबल टीममा फेरीपनि सर्लाहीले आफ्नो मजबूत पकड़ जमाउन सफल हुने विश्वास व्यक्त गर्दै उनले खेलाडीहरुको उज्जवल भविष्य र खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुने कुराको शुभेच्छा तथा शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य अच्युतम काफ्ले लगायतका अन्य अतिथिहरुले स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडीहरुको मनोबल एवं हौसला बढाउन बरकुरवामा भलिबल प्रतियोगिताको आयोजना गर्न मुख्य सहयोगदाताको भूमिका निर्वाह गरेका नेकपाका नेता तथा समाजसेवी भरत साहलाई सबैले धन्यवाद दिदै प्रशंसा समेत गरेका थिए ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।