रौतहट न्यूज // रौतहटको मौलापुर नगरपालिका स्थित भकुवा खोलामा डुबेर एकजनाको ज्यान गएको छ। मौलापुर नगरपालिका -५ पतौरा घर भएको सुखल साह कानुको छोरा अंदाजी २५ वर्षीया गणेश साह कानुको बुधबार डुबेर ज्यान गएको छ।
मौलापुर नगरपालिका-५ र सोही न.पा.-८,९ सोनरनियाँ जाने बाटोमा भुकवा खोला रहेको हो। तर यस भकुवा खोलामा विगत देखी कयौ घटना हुदै आई रहेको छ। यहांका स्थानीयहरू ले जनकारी दिनु भएको हो।
बुधबारको दिन करिब १० बजेतिर घरदेखि एक किलोमिटर टाढा रहेको भकुवा खोलामा साथीसँग पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाएको थियो । साहले बेपत्ता भएको सूचना प्राप्त भएपछि मौलापुरका प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीय खोजीकार्यमा जुटेका थिए । घटना स्थलमै ४:२३ बजेतिर गणेश साह मृत अवस्थामा फेला परेको थियो।भकुवा खोलामा नुहाउने क्रममा खोलामा डुबेर उनको मृत्यु भएको हो। मृतक साहको शव पोष्टमार्टका लागी रौतहटको गौर अस्पताल लाने तयारी भईरहेको छ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।