
रौतहट न्यूज// सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका गातीको जम्बु बजार खाेलाले बगाएकाे छ । बुधबार रातिबाट परेकाे अविरल बर्षाका कारण माथिबाट आएको ठाडो खोलाले बजार बगाउँदा १५ घरका १९ जना सम्पर्कविहीन भएका छन् ।२ जनाको शव फेला परेको छ । ठूलो मात्रामा जनधनको क्षति भएको छ ।
बेपत्ताकाे खाेजी कार्य जारी रहेकाे बताइएकाे छ ।राससका अनुसार गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन् ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।