• रौतहट न्यूज़//मौलापुर नगरपालिकाले धुवाँ मुक्त बनाउने संकल्प लाई ध्यानमा राखी वार्ड ९ टोल सोनरनियाँमा आज ५२० घर परिवारलाई नगर प्रमुख द्वारा ग्यस सिलिन्डर र चुल्हो वितरण भएको छ। नगरप्रतिनिधिसभा सदस्य तथा नेकपा प्रदेश २ अध्यक्ष माननीय प्रभु साहको चुनावी प्रतिबद्धता अनुरुप ग्यस सिलिन्डर र चुल्हो वितरण गरिएको हाे।

    रौतहट क्षेत्र नम्बर ३ लाई धुवाँ चुल्हो मुक्त बनाउने अभियानलाई पूरा गर्न आज मौलापुर नगरपालिकाले बाँकी रहेको सोनरनियाको ५२० घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ ।

    अब मौलापुर नगरपालिका पूर्णरूपमा धुवाँ चुल्हो मुक्त नगर हुने नगर प्रमुख रीना कुमारी साहले बताए। मौलापुर नगरपालिकाकी प्रमुख रीनाकुमारी साह, वर्डाध्यक्ष , कार्यपालिका सदस्य लगायत जनप्रतिनिधि एवम् नेताहरुको उपस्तिथिमा चुल्हो र ग्यास सिलिन्डर वितरण कार्यक्रम गरेका छन्।

    रौतहटलाई धुवा रहीत बनाउने तथा आधुनिकरण गर्ने उदेश्यका साथ विभिन नगरपालिकामा ग्यस चुल्हो वितरण गरिएको छ । मौलापुर नगरको प्रत्येक वाडलाई धुवामुक्त क्षेत्र बनाउने उदेश्यका साथ मा. प्रभु साहको प्रतिवद्धता अनुसार ग्यास चुल्हो वितरण कार्य भई रहेको छ।