• राजकुमार यादव

    लगतार तीन दिनको बर्षाका कारण रौतहटको गढीमाई नगरपालिकामा गरिएको बागवती नदीको तटबन्ध कटानलाई नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले अनुगमन गर्नु भएको छ।

    पछिल्लो तीनदिन लगतार अबिरल वर्षाको कारण रौतहटको पूर्विभेग स्थित बागमती नदी र पश्चिममा लालबकैया नदीमा ठूलो बाढी आएपछि रौतहटको जनजीवन प्रभावित बनेको छ ।

    बागमती नदीमा आएको बाढीले रौतहटको गढीमाई, राजदेवी र माधवनारायण नगरपालिकामा गरिएको तटबन्ध कटानलाई अध्यक्ष नेपाल अनुगम गर्ने भएको छ । बागमतीको पानीले तीन पालिकाका ५ स्थानमा बाधमा क्षति पुर्याएको छ ।

    उक्त अनुगमनका क्रममा राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी यादव , एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमल यादव , गढीमाई नगरपालिका वडा ५ का वडाध्यक्ष राजीव रंजन यादव , वडा ६ का वडाध्यक्ष राम सिहाशन यादव , वडा १ का वडाध्यक्ष रामपुकार यादव , नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा लगाएत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    त्यस्तै गरी लालबकैया नदीमा आएको बाढीले इशनाथ, मौलापुर, कटहरिया र राजपुर नगरपालिका भारी मात्रामा छति पुऱ्याएको हो । लालबकैया नदीको बाढीले कटहरिया नगरपालिका ४ हर्साहा र मौलापुर १ मर्यादपुर गाउँ छेउमा नदीको बाँध कटान गरेको छ । जिल्ला स्थित अडुबा , चाँदी, धनसार, तरहारी, गुजरा लगायत नदीको अगलबगलका जनजीवन प्रभावित बनेको हो । मौलापुर नगरपालिका मेयर प्रत्यासी रामकल्यान यादवका अनुसार विहिबार अध्यक्ष नेपाल मौलापुर स्थित लाल बकैया नदी अनुगम गर्ने भएको छ ।