
प्रेमचन्द्र झा
राैतहट न्यूज़ । सिरहाका एक स्थानिय तहका प्रमुखलाई सरकारले कार्यवाही होस भनि माग राख्देे दलित अगुवाहरूले राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लाई ज्ञापन पत्र बुझाएका छन ।

दलितलाई पहिचानको आधारमा विभेद गरेकोमा सिरहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष जय नारायण यादवलाई कार्यवाही गर्न ज्ञापन पत्र मार्फत माग गरिएको हो । अध्यक्ष यादवले आफ्नो आमाको १३ औ पुन्य तिथिको अवसरमा फाल्गुन २२ गते गरेकाे भाेजमा सबै जातलाई अलग अलग छुवाछूत काे आधारमा भोज खुवाएकोमा सम्बन्धित निकाय संग कार्वाही गर्न माग गरेका छन ।

गाउंपालिका अध्यक्ष जस्तो सार्वजनिक पद धारण गरेकाे व्यक्तिले गरेकाे विभेदले दलित समुदायले ठुलाे अपमान गरेकाे ठहर गर्दै सो पुन्य तिथिमा भोजखाने सबैलाई सार्वजनिक रुपमा माफि माग्न दलित अगुवाले माग समेत गरेका छन । दलित अधिकारकर्मि मटुक पासवान , दलित संघका सचिव धर्मेन्द्र पासवान ,उदयनारायण राम ,चन्देश्वर राउत ,अवध नारायण राम ,रामपुकार दास सरेश दास सहितका दलित अगुवा साे ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय राैतहट पुगेका थिए ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।