
ओम प्रकाश यादव
रौतहट न्यूज़// प्रभु साह नेतृत्वको आम जनता पार्टीको धनुषा जिल्ला अध्यक्षमा चर्चित संगीतकार सन्तोषराज सहनी सर्वसम्मत चयन भएका छन् ।

पार्टीका केन्द्रिय अध्यक्ष प्रभु साहको प्रमुख आतिथ्यमा बिहीवार साँझ अबेर आयोजना गरिएको भेलाद्धारा सन्तोषराज सहनीको अध्यक्षतामा आजपाको ४५ सदसीय धनुषा जिल्ला कार्य समिति चयन गरिएको छ । आम जनता पार्टीको धनुषा जिल्ला इन्चार्जमा श्रीलाल महासेठलाई सर्वसम्मत चयन गरिएको छ भने अध्यक्षमा गायक, कलाकार तथा चर्चित संगीतकार समेत रहेका सहनीलाई चयन गरिएको हो । सहनी कलाकारिता क्षेत्रमा धेरै नाम कमाएका व्यक्ति हुन । कलाकार सहनी नेपाली कलाकारका साथै भारतिय भोजपुरी सिनेमा अभिनेता दिनेशलाल यादव, खेसारीलाल यादव, पवन सिंह, नायीका अम्रपाली दुबे, अक्षरा सिंह, काजल राघवानी लगाएत अधिकांश कलाकारसंग काम गरिसकेका छन ।
भारतिय सुप्रसिद्ध गायीका इन्दु सोनाली देखि लिएर हिन्दी फिलमका चर्चित गायक उदितनारायण झा जस्ता थुप्रै कलाकारसंग उनी नजिक छन् ।

त्यस्तै जिल्ला सचिवमा बलदेव साह, कोषाध्यक्षमा सन्तोष महतो चयन भएका छन् भने सदस्यहरुमा सुनिता देवी मंडल, राकेश कुमार भगत, नन्दु साह लगाएतलाई चयन गरिएको आम जनता पार्टीका धनुषा जिल्ला अध्यक्ष सन्तोषराज सहनीले जानकारी दिएका छन् । पार्टि अध्यक्ष प्रभु साहले बैठकद्धारा चयन भएका पार्टीका सम्पूर्ण पदाधिकारीहरुलाई स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । अध्यक्षमा सर्वसम्मत चयन भएका सन्तोषराज सहनीले आफुले पाएको जिम्मेवारी लगनशील भई इमान्दारीका साथ निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

पार्टीले आफुलाई दिएको जिम्मेवारी इमान्दारीका साथ बहन गर्ने प्रतिवद्धता जनाउँदै अध्यक्ष सहनीले पार्टीको संगठनलाई मजबुत बनाउन रातदिन नहेरी काम गर्ने बताए । धनुषामा आजपालाई सबभन्दा बलियो पार्टी बनाएरै छाडने उदघोष गर्दै सहनीले त्यसका लागि आफुले संगठन विस्तार गर्ने कार्यलाई अहिलेदेखी नै तिव्रता दिने बताए ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।