रौतहट न्यूज़//
रौतहटको गढीमाई नगरपालिका वडा २ स्तित रहेको शंकर गुदर माध्यमिक विधालय समनपुरले आज गढीमाई नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत गरेको छ ।
विद्यालयले एक समारोहको आयोजना गरी नवनिर्वाचित जनप्रतिनिधिको स्वागत सहित बधाई ज्ञापन गरेको हो । उक्त कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरु समक्ष विद्यालयको प्रधानध्यापक देवेन्द्र साहले विद्यालयमा विधमान कायम रहेको समस्या बारे औगत गराएका थिए । प्रधानध्यापक साहका अनुसार विद्यालयमा विद्यर्थीको अनुपातमा कक्षाकोठा, डेस्कब्रेन्च , खानेपानी, शौचालय लगायतको अभाव रहेको छ । विद्यालयको खुल्ला चौर व्यवस्तित पार्नु पर्ने विद्यालयका अधुरा संरचना लगायतलाई पुरा गर्नु पर्ने अहिलेको मुख्य अवश्यक्ता रहेको उनले जानकारी गराए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले विद्यालयमा देखिएको अभावहरुलाई पुरा गर्ने र यहांको समस्यालाई समाधान गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा गढीमाई नगरपालिका वडा १ का वाडाध्यक्ष रामपुकार यादव, वडा २ का वाडाध्यक्ष दिपेन्द्र श्रेष्ट, वडा ६ का वाडाध्यक्ष राम सिहासन यादव, हरिशंकरलाल कर्ण , सोही विद्यालयका अवकाश प्राप्त शिक्षक महेन्द्र पंडित , शोभाकान्त झा , पूर्व वाडाध्यक्ष अवधकिशोर ठाकुर लगायतका वक्ताले विद्यालयको कमीकमजोरी सुधार्नु पर्नेमा जोड दिएका थिए ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,