
-राजकुमार यादव
रौतहट न्यूज़// रौतहटको राजदेवी नगरपालिका – ७ मुड़वलवाबाट केन्द्राध्यक्षले अर्कैको नाममा एसइई परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा बुधबार नेमधारी बासुदेव माध्यमिक विधालय परीक्षा केन्द्रबाट इशनाथ नगरपालिका – १ वञ्जारहा घर भएका २० वर्षीय विष्णु बहादुर मालीलाई पक्राउ गरेको हो । मालीले नुरैन खाँको सट्टामा परीक्षा दिइरहेको अवस्थामा भेटेपछि केन्द्र अध्यक्ष रविशंकर यादवले मालीलाई पक्राउ गरेको हो ।

जुद्ध माध्यमिक विधालयका परीक्षार्थी सिम्बल नं. ०३५००२५७G भएको नुरैन खाँको परीक्षा दिइरहेको अवस्थामा विष्णु बहादुर मालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले बताउनुभयो। पक्राउ परेका मालीमाथि अनुसन्धान भइरहेको यादवले बताउनुभयो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।