• -राजकुमार यादव

    रौतहट न्यूज़ // देवाही गोनाही नगरपालिकाका स्थानीय बासिन्दाले अब आफ्नै नगरभित्र अस्पतालको सेवा पाउने भएका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले अस्पतालको शुभ अरम्भ गरेसँगै स्थानीयले स्वास्थ्य सेवा नगरभित्रै पाउने भएका हुन् । 

    मुलुकको सबै स्थानीय तहले आफ्नो क्षमताअनुसारको अस्पताल सञ्चालन गर्नुपर्ने नीतिलाई अवलम्बन गर्दै नगरपालिकाले पूर्व मन्त्री साहबाट आज एक समारोह वीच नगर अस्पतालको शुभ अरम्भ गराएका हुन् । उक्त नीतिलाई अवलम्बन गरी नगर अस्पताल अरम्भ गर्ने स्थानीय तहमध्ये देवाही गोनाही नगरपालिका दोस्रो पालिका बनेको छ । 

    १५ शैयाको क्षमता रहेको उक्त अस्पताल वडा नंं ८ स्थित गोनाहीमा रहेको छ । नगरप्रमुख प्रेमलाल साहका अनुसार अस्पतालको शुभ अरम्भ गरेतापनि सेवा सञ्चालन भने कार्तिक मसान्त भित्र हुनेछ । ‘अस्पताल नगरको ९ वटै वडालाई केन्द्रमा पर्ने गरी सञ्चालन गरिएको मेयर साहले बताउनु भयो ।उक्त अस्पतालमा नाक, कान, घाटी, ओपिडी सेवा, प्रसुती सेवा, एक्स–रे,सँगै २४ घण्टे इमर्जेन्सी सेवासहितको व्यवस्था गरिएको मेयर साहले बताए । 

    नेकपा एमाले पार्टीका केन्दिय सदस्य कुन्दन कुशवाहा , नेकपा एमाले प्रदेश कमिटी सदस्य मनोज कुमार यादव , देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह , नगर उपप्रपुख परनिया देवी पटेल , देवाही गोनाही नगरपालिका वडा ४ का वाडाध्यक्ष रामप्रवेश पटेल , नेकपा एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह , मौलापुर नगरपालिकाका नगर उपप्रमुख नागेन्द्र प्रसाद यादव , नेकपा एमाले पार्टीका सह- इन्चार्ज उपेन्द्र साह, नेकपा एमाले युवा संघको जिल्ला अध्यक्ष बलाशंकर कुशवाहा , युवा नेता राजु यादव लगायत विभिन्न तहका नेता तथा कार्यकर्ता सहित स्थानीयहरुको उपस्तिति रहेको थियो ।