• -ओम प्रकाश यादव
    रौतहटमा एक जनाले २५ हजारको मात्र दिएको चेकमा ६ लाख थप गरेर चेक बाउन्स गराएको घटना बाहिरिएको छ ।
    २५ हजार रुपैयाँ मात्र उल्लेख गरि दिइएको चेकमा ६ लाख थप गरेर ६ लाख २५ हजार उल्लेख गर्दै चेक बाउन्स गराएपछि चेक दिने व्यक्ति यतिखेर ठुलो समस्यामा परेका छन् ।
    जिल्लाको गढिमाइ नगरपालिका–४ सुन्दरपुर घर भई हाल चन्द्रपुर नगरपालिका–४ मा बस्ने सरोज कुमार साहले सोही गाउँ सुन्दरपुर नै घर भई चन्द्रपुर नगरपालिका–५ हस्पिटल रोड बस्दै आएका बिजय यादवलाई २५ हजार रुपैयाँ उल्लेख गरि चेक दिएका थए ।
    तर यादवले चलाखी गर्दै सो चेकमा आफैले ६ लाख थपेर २५ हजारको चेकलाई ६ लाख २५ हजार बनाई ६ लाख २५ हजारको चेक बाउन्स गरेको पाइएको छ ।
    चेकमा उल्लेख गरिएको २५ हजार रकमको अगाडि केहि ठाउँ खाली छुटेकोले सोही ठाउँमा यादवले ६ लाख थपेर २५ हजार रकमलाई ६ लाख २५ हजार उल्लेख गरि बनाएको देखिएको छ ।
    साहले यादवसंग जग्गा कारोवार गर्दा यादवको २५ हजार रुपैयाँ तिर्न बाँकी राखेका थिए सोही रकम तिर्न साहले यादवलाई २५ हजारको चेक दिएको थियो ।
    तर चेकमा रकम उल्लेख गर्दा अंक र अक्षरेपिको अगाडि धेरै खाली ठाउँ छोडेका कारण यादवले चलाखीपूर्ण तरिकाले उक्त खाली ठाउँमा एकैपटक ६ लाख रुपैयाँ थप गरेर आफुलाई साहले ६ लाख २५ हजारको चेक दिएको भनी दावी गरेपछि साह यतिखेर ठुलो समस्यामा परेका छन् ।
    २०८० साल चैत्र १६ गते रकम निकाल्न मिल्ने गरी कामना सेवा विकास बैंकको चेक दिइएपनि यादवले ग्लोवल आइएमइ बैंकबाट क्लियरेन्स गराउने भन्दै दुई पटक चेक बाउन्स गराएका थिए ।
    यादवलाई आफुले २५ हजारको मात्र चेक दिएको तर उनले ६ लाख थपेर ६ लाख २५ हजार उल्लेख गरेर आफुमाथी ठुलो घात गरेको भन्दै साहले यादवविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।
    यादवले आफुलाइ ठुलो समस्यामा पारेको र पीडित बनाएको भन्दै साहले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा अनुसन्धान र कारवाहीको लागि जाहेरी दिएका छन ।
    यादवले ठगी गर्ने नियतका साथ चेकमा रकम थपेको साहको आरोप छ । यता ठगीको गम्भीर आरोप लागेका बिजय यादवले भने आफुले रकम नथपेको बताएका छन ।
    चेकमा रकम उल्लेख गर्नेबेला साहले अक्षरेपी र अंकको अगाडि धेरै खाली ठाउँ छाडी सावधानी नअपनाएका कारण आज ठुलो समस्यामा परेका छन् । त्यसैले अब चेक मार्फत करोवार गर्दा चेकमा रकम उल्लेख गर्नेबेला सावधानी अपनाउनु आवश्यक छ ।
    अंक र अक्षरेपी लेखिएको ठाउँमा रकम उल्लेख गर्दा अगाडिको थोरै पनि भाग नछुटाइ रकम उल्लेख गर्नु जरुरी छ । यसले गर्दा चेकमा रकम कसैले थप्न पाउँदैनन र ठगीबाट जोगिन पनि सकिन्छ ।

      null