• ललन यादब

    रौतहट न्यूज़// रौतहट माधवनारायण नगरपालिका ६ माधोपुर मा सहकारीको मलखाद ब्यापारी लाई बेचेपछी दर्जनौं किसानहरु ३दिन देखि आन्दोलित भएका छन्।

    स्थानीय माधव नारायण नगरपालिकाका माओवादी पार्टीका मेयरका प्रत्याशी देवनारायण भगत बीनका छोरा धीरेन्द्र भगत बीनले सहकारीको मलखाद स्थानीय ब्यापारी श्याम शाह लाई बेचेपछी किसानहरु आन्दोलित भएका हुन ।

    भगतले सञ्चालन गरेको आयुष कृषि सहकारी संस्थाले किसानलाई सहुलियत दरमा वितरण अनुदानमा पाएको मलखाद किसानलाई नदिई बढी पैसा कमाउने उद्देश्यले अन्यत्र बिक्री गरेको भन्दै किसानहरु आन्दोलित भएका हुन् ।

    स्थानीय किसान राम विनोद यादवले माधव नारायण ६ स्थित श्याम बीजभण्डारमा मलखाद किन्न जाँदा २४ सय पर्ने प्रति बोरा अनुदानको डिएपी ३ हजार ३ सयमा पाएपछि उक्त रहस्य खुलेको हो । कृषि सामग्री कम्पनी लेखिएको मल काहां बाट ल्याएको भनी किसानले हप्काएपछी बिज भण्डार संचालक श्याम साहले आयुष कृषि सहकारी संग खरिद गरेको बताएका थिए ।

    दर्जनौंको संख्यामा रहेका किसानले कृषि सामग्री कम्पनी लेखिएको आयुष सहकारीको ६२ बोरा रसायनिक यूरिया र डिएपी मल श्याम साहको गोदाममा फेला परेका छन ।बरामद मलखाद प्रहरी को निगरानी मा रहेको छ । सहकारी संचालक भगत र बिज भण्डार संचालक शाह अाज उपस्थित भए पनि वहाँ का पक्ष का मान्छेहरु बिबाद गर्दा समस्या को समाधान हुन सकेन।

    सहकारीको मल ब्यापारीको गोदाममा फेला परेपछि किसानहरु नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । सहकारीका अध्यक्ष भगत र मल व्यापारी शाह लाई हदैसम्मको कारवाही गर्नुपर्ने, संस्थाको दर्ता खारेज गर्नुपर्ने एवं सरकारले आफूहरुलाई समयमा पर्याप्त मलखादको व्यवस्था गर्नुपर्ने माग राख्दै किसानहरुले प्रदर्शन गरेका थिए।