
–
लक्ष्मण यादव -सर्लाही रिपोटर
रौतहट न्यूज़// सर्लाही जिल्लाको बरहथवा नगरपालिका लगायत अन्य नगरपालिका,गाउपालिकाहरुमा बादरहरुलको समूहले आतंक मचाइरहेका छन। बर्षौदेखी सर्लाहीका किसानहरुको मकै,उखु,धान लगायत अन्य फलेका बालीहरु नस्ट गर्दै आइरहेका छन।जति गरेपनि बादरहरुको आतंक बाट सर्लाहीका किसानहरुले आफ्नो बाली जोगाउन सकिरहेका छैन।

सर्लाहीको बरहथवा नगरपालिका,हरपुर्वा टोलका- देबिन्दर यादव,रजन यादव,भजन यादव,गजन यादव बादर आतंकबाट पीडित किसानहरु मध्ये एक हुनुहुन्छ। यसपाली उहाँहरुको झन्डै एक-एक बिघा जति खेतमा फलेका मकै,उखु,धानलाइ नस्ट गरिदिएका छन। तर पनि बरहथवा नगरपालिकाले यसबारे कुनै ठोस कदम नचालेको उहाँहरुको गुनासो छ।

अघिल्लो बर्ष २०७७ सालमा स्याङ्जाको पुतलीबजार नगरपालिकाले दुई सय ९५ टोलमा विभिन्न थरी गरि पाँच लाख रुपैया बराबरको नि:शुल्क बादर धपाउने बन्दुक बाडेको थियो। एक टोल एक बन्दुक नगरपालिकाको बन्दुक बाड्ने मापदण्ड थियो।तर आवश्यकता हेरी केही टोलमा दुई /तीन ओटा पनि बन्दुक बाडेको थियो।।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।