• विरेन्द्र साह

    वीरगञ्ज, १३ असार । पर्साकाे कालिकामाई गाउँपालिकामा ग्यास सिलिन्डर खरिदमा पनि अनियमितता भएकाे छ । तीन वटा सप्लार्यसबाट गाँऊपालिकाले ७८ सयकाे दरले एक हजार ग्यास सिलिन्डर र चुल्ला खरिद गरेकाे छ ।

    शिवदानी सप्लायर्स भिखमपुरबाट वडा नं. ३ को लागि १४९, वडा नं. ४ को लागि १८६ र वडा नं. ५ को लागि १८६ सेट ग्यास सिलिन्डर र चुल्ला रु ७८१० को दरले खरिद गरिएको छ ।

    यस्तै, सलोनी सप्लार्यस मुडलीबाट वडा नं. १ को लागि २२३ थान र ज्वेरिमाई सप्लार्यस पोखरियाबाट वडा नं. २ को लागि १९८ थान ग्यास सिलिन्डर र चुल्ला सेट सोही दर रेटमा खरिद गरिएको छ ।

    ग्यास भरिएको १ थान सिलिन्डर त्यसमा लाग्ने पाईप १ थान, रेगुलेटर १ थान र चुल्हा करिब एक हजार थान गाउँपालिकाले ७८ सयकाे दरले ७३ लाखमा खरिद खरेकाे हाे । यस अघि गत बर्ष कालिकामाई मै ग्यास सिलिन्डर, चुल्ला, रेगुलेटर सेट ५२ सयकाे दरले खरिद गरिएकाे थियाे ।

    आर्थिक बर्ष २०७७/०७८ को बजेटबाट गाउँपालिकाले बढी कमिशनकाे लोभमा जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहको मिलोमतोमा महंगाे दरमा ग्यास सिलिन्डर खरिद गरिएको स्थानियहरुको आरोप छ ।

    गाउँपालिकाकाे विभिन्न वडामा वितरणकाे लागि खरिद गरिएकाे ग्यास सिलिन्डर, चुलो, रेगुलेटर सेट बजारमा करिब ५ हजारको हाराहारीमा पाईने तर भ्रष्टचार गर्नका लागि गाँऊपालिकाले ७२ सयमा खरिद गरेको आरोप स्थानीयको रहेको छ ।

    ग्यास सिलिन्डर खरिदकाे लागि अवहान गरिएकाे सूचना गाउँपालिकाकाे वेभसाइडमा पनि राखिएकाे छैन् । गाउँपालिका सूचना अधिकारी अमित चाैरसियासंग ग्यास सिलिन्डर खरिदकाे सूचना माग गर्दा प्रमुख प्रशासकिय अधिकृत सरसंग रहेकाे वताउनु भयाे । यस बिषयमा बुझ्न प्रमुख प्रशासकिय अधिकृत साहलाई बारम्बार फाेन गर्दा पनि फाेन उठन सकेन ।