
-राजकुमार यादव
रौतहट न्यूज़// गौर हत्याकाण्ड पीडित संघर्ष समितिले शनिवार देखी रौतहटको चन्द्रनिगाहपुरमा अनिश्चितकालीन धर्नामा बसेका छन् । न्यायको माग गर्दै धर्नामा बसेका शहीद परिवारको समर्थनमा प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज आइतवार रौतहटमा बृहत मोटरसाइकल र्याली निकालेको छ ।

गौर राइस मिलमा १७ वर्ष पूर्व भएको हिंसात्मक घटनामा तत्कालीन माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए । गौर हत्याकाण्डको फाइल खोल्न र मुख्य आरोपि तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्नुपर्ने माग राख्दै उनीहरुले धर्ना दिएका छन् । मांग पुरा न भए सम्म साउन १५ गते देखी रौतहट अनिश्चितकालीन बन्द रहने आजपाका महासचिव उपेन्द्र साहले चन्द्रनिगाहपुरमा एक कोण सभा बीच घोषणा गर्नु भएको छ ।

रौतहट जिल्ला प्रहरी कार्यालयमा २०६४ चैत २८ मा जाहेरी दर्ता भएको १७ वर्ष वितिसक्दा पनि कारबाहीको प्रारम्भिक चरणको काम पनि नभएको बताउँदै पीडितहरुले कारबाही नभए अझ सशक्त विरोधमा उत्रिने चेतावनी दिएका छन् ।
२०६३ चैत ७ गते गौरको राइस मिल्सको चौरमा तत्कालीन नेकपा माओवादी र स्थानीय सहितको फोरमका कार्यकर्ताबीच झडप हुँदा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए । र ५० जनाभन्दा बढी घाइते भएका थिए ।

आम जनता पार्टी रौतहटका इन्चार्ज अमर साहले भने आफूहरू न्यायका लागि सडकमा आएको बताउँदै आफूहरू शान्तिपूर्ण आन्दोलन गरिरहँदा त्यसलाई रोक्ने प्रयास भइरहेको दाबी गर्दै उनले गौर घटनाका दोषीले कारबाही नभएसम्म यो आन्दोलन नरोकिने बताए ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।