-राजकुमार यादव
फतुवा विजयपुर नगरपालिकामा नयाँ हाकिमको रुपमा प्रमुख प्रशासकिय अधिकृत वकिल पालले हाजिर भएका छन् ।
पाललाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सो नगरपालिकामा खटाईएको हो । उनलाई कार्यवाहक नगर प्रमुख अम्बेया खातुन लगाएत कर्मचारीहरुले स्वागत गरेका छ्न् । यस अघि बाराको स्वर्ण गाउँपालिकामा पाल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाउन सकेका छैनन् भने हिन्दूहरूको महान् पर्व दसैँ तिहार , छठ र होलीजस्ता लोक पर्वमा हजारौँ मानिस वृद्ध, वृद्धा, एकल महिला लगायतले सामाजिक सुरक्षा भत्ता पाउन बाट वञ्चित भएका छन्।
पालिकामा आन्तरीक विवादका कारण सम्पूर्ण कर्मचारीले १० महिना देखि तलव नपाए पछि वडा देखि नगरपालिका कार्यालयका सम्पूर्ण कामकाज ठप्प गरी कर्मचारीहरुले संयुक्त रुममा बुधबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र सहित साचो समेत बुझाएको थियो । उक्त पालिकामा लगाइएको ताला खोलि कार्यालयको काम सुचारु गर्नका लागि प्रमुख जिल्ला अधिकारी रेग्मिले आज सोमबार जिल्ला प्रशासन कार्यालय गौरमा कार्यवाहक मेयर खातुनलाई साचो हस्तान्तरण गरेका छन ।
नयाँ हाकिमको रुपमा आज हाजिर भएका प्रमुख प्रशासकिय अधिकृत वकिल पालले कर्मचारी र शिक्षकहरुको तलव चाडै खुवाउने प्रतिबद्धता जनाएपछी सिडिओ रेग्मिले मेयर खातुनलाई पालिकाको साचो बुझाएका हुन ।नयाँ हाकिमको आग्मनले अब फतुवा विजयपुर नगरपालिकामा लगाइएको तालाबन्दी सम्भव्त आजै वा भोलि खुल्ने र सबै काम सुचारु हुने भएको छ ।
-
मौलापुर नगरपालिका ४ मा एकै घरमा आमा छोरीको शव फेला परे ।
- राजकुमार यादव रौतहट न्यूज़/ रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको...
- विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
- कृषि मिटरको महसुल वाडकार्यालयले तिर्ने वडाअध्यक्ष साहको घोषणा
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,