• -गरुडा समाचारदाता
    रौतहट न्यूज़ // मधेश प्रदेशका पूर्व भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले आफना निर्वाचन क्षेत्रको माधवनारायण नगरपालिका–४ बिसुनपूर्वा मानपुरमा सडक ढलान कार्यको शिलान्यास गरेका छन् ।
    मधेश प्रदेश सरकारको लाखौंको लागतमा बिसुनपूर्वा मानपुरमा निर्माण हुने २ सय २९ मिटर सडक ढलान कार्यको पूर्व राज्य मन्त्री यादवले शुक्रवार शिलान्यास गरेका हुन ।
    जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य समेत रहेका पूर्व मन्त्री योगेन्द्र यादवले शुक्रवार साँझ आयोजित एक कार्यक्रमबीच उक्त सडक ढलान कार्यको शिलान्यास गरेसंगै ढलान कार्य पनि तिव्र गतिमा अगाडि बढेको छ ।
    जसपाका युवा नेता पारस भण्डारीको अथक प्रयासमा सो सडक ढलान भइरहेको छ ।

    विकास निर्माण कार्यमा रौतहटमा प्रभु साहपछि दोश्रो स्थान ओगटेका नेता यादवले क्षेत्र नं १ (ख) को समग्र विकासका लागि आफु हरसम्भव प्रयासरत रहेको बताउँछन् ।
    क्षेत्र नं १ (ख) बाट २०७४ को निर्वाचनमा निर्वाचित भइ मधेश प्रदेश सरकारमा राज्य मन्त्रीको जिम्मेवारी पाउँदा यस क्षेत्रमा इतिहासकै सबभन्दा बढी विकास गरेर विकास पुरुष नेताको रुपमा परिचित भएका नेता यादव शुरुदेखी नै विकास निर्माण कार्यमा अन्य नेताभन्दा बढी चासो राख्ने गर्दछन ।
    क्षेत्र नं १ बाट ठुलठुला नेता जितेर गएपनि योगेन्द्र यादवले गरेका जति विकास अरु कुनै नेताले गर्न सकेका छैनन । नेता यादव अहिले प्रदेश सांसद नभएपनि आगामी निर्वाचनमा क्षेत्र नं १ (ख) बाट नै फेरी चुनाव लड्ने उद्देश्यले यस क्षेत्रमा विकास निर्माण कार्यलाई तिव्रता दिरहेका छन् ।

    यस क्षेत्रबाट निर्वाचित सांसद कहिल्यै क्षेत्रमा नआइ हराएको जस्तो भएपनि नेता योगेन्द्र यादवले निरन्तर क्षेत्रबासीसंग भेटघाट गर्ने गरेका छन् । जनताको बीचमा निरन्तर रहेर जनताको हरेक सुखदुखमा साथ दिने गरेका कारण क्षेत्र नं १ ख का जनता योगेन्द्र यादवलाई नै बढी मन पराउने गरेका छन् ।
    आफु निर्वाचित नभएपनि आफना प्रत्येक जनताको सम्पर्कमा रहेको र हरेक गाउँमा विकास निर्माणको कार्य तिव्र गतिमा अगाडि बढाउने प्रक्रियामा लागि परेको उनले बताए ।
    निर्वाचनमा आफु पराजित भएको कुरा महसुस हुन नदिने गरी आफु क्षेत्र नं १ ख लाई लक्षित गरी विकासका कामहरु दु्रत गतिमा अगाडि बढाएको उनले बताए ।
    मानपुरमा भएको शिलान्यास कार्यक्रममा माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र प्रसाद यादव, नेता रामबहादुर यादव, दिनेश यादव सहितका नेताहरुको सहभागिता रहेको थियो ।