
– राजकुमार यादव
रौतहट न्यूज़ // आम जनता पार्टीको भातृ संगठन आई टी आर्मीको दोस्रो जिल्ला भेला आज कटहरीया बजार स्थित विवाह भवनमा सम्पन्न भएको छ ।

समाजिक न्याय सुशासन तथा समाजबाद प्रतिवद्ध नाराको साथ प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ गठन भएको ‘आई टी आर्मी’ले एक कार्यक्रम बीच रौतहट दोस्रो जिल्ला भेला सम्पन्न गरेको हो ।

उक्त भेलाले बालाशंकर कुशवाहाको अध्यक्षतामा १ सय ५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको अध्यक्षमा जयलाल मेहता उपाध्यक्षमा रविन्द्र यादव ,धर्मेन्द्र साह कानु , जयनरायण कुशवाहा सचिव पदमा अशोक पटेल र सह- सचिवमा नविन चौधरी रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै आजपा पार्टीका महासचिव उपेन्द्र साहले हस्तक्षेपकारी भुमिका खेल्दै विभिन्न तहमा व्याप्त रहेको भ्रष्टाचारका विरुद्ध उत्रिनुपर्ने बताए । आईटी आर्मी गठन हुनु एक ऐतिहासिक सुरुवात भएको बताउदै उनले युवा पुस्ताको सक्रियताले मात्र देश समृद्ध बन्ने भएकोले हार नमानी अगाडि बढ्न निर्देशन दिए । उनले व्यवस्था, शासन प्रणालीलगायतका विषयमा युवा पुस्ताले स्पष्ट धारणा बनाई समाजलाई सहि दिशाबोध गर्न आईर्टी आर्मी अगाडि बढ्नुपर्ने बताए ।

आइटीको सहायताले हामी मुलुकमा ब्याप्त दुराचार, बेथिथि, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौँ । तसर्थ देशमा समाजवादी व्यवस्था निर्माण सहित सामाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवम् विकासको लक्ष्य पुरा गर्ने महाअभियनामा हामी सफल हुने दृढ विश्वासको साथ अर्ध सामूहिक स्वरुपमा क्रियाशील रहनेगरी आई.टी. आर्मीको स्थापना गरिएको सो कार्यक्रममा आजपाका उपमहासचिव कुन्दन कुशवहाले बताउनु भयो ।
उक्त कार्यक्रम आम जनता पार्टीका केन्द्रिय सचिव तथा महिला इन्चार्ज पूर्व मा. समिना हुसेन , मधेश प्रदेश अध्यक्ष उमेश कुशवहा , जिल्ला ईन्चार्ज त्रिभुवन साह , कटहरिना नगरपालिकाका पूर्व मेयर सियाराम कुशवाहा र विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्तिति रहेको थियो ।
-
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल।
कृष्णनगर, फागुन २५ रौतहट न्यूज़// युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको...
- माधव नारायण नगरपालिकाको पाँचौ नगर सभा सम्पन ,
- रौतहटको एकै पालिकामा दुई को मृत्यु , प्रहरीको थप्प अनुसन्धान जारी।
- एमाले महिला मेयर रीनाकुमार साह द्वारा नगर भरी विजयी जुलुस ।